‘दाल भात तरकारी’ शुभ मुर्हुत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">तीन महिना अघि घोषणा गरिएको चलचित्र ‘दाल भात तरकारी’को शुभ मुर्हुत गरिएको छ । गतबर्षको सफल चलचित्र ‘शत्रु गते’कै टिमले निर्माण गर्न लागेको यो चलचित्रको मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रका कलाकार तथा निर्माण टिमको साथमा नरिवल फुटाउँदै मुर्हुत गरिएको हो ।<br></p><p style="text-align: justify; ">बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६० औं जन्मदिनको अवसरमा मुहूर्त गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रका नायक पुष्पल खड्का र नायिका आँचल शर्माले चलचित्रको सम्वाद बोलेका थिए । यो चलचित्र आउँदो मंसिर १ गतेबाट छायांकनमा निस्कने चलचित्रका प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए ।&nbsp;</p><p style="text-align: justify; ">ज्योतिषले तोकेको समय अनुसार बिहान ८ः३१ बजे फिल्मको मुहूर्त गरिएको थियो । सुदन केसीले निर्देशन गर्ने फिल्म मह संचारको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको छायांकन अवधि २ महिना राखिएको छ । निर्देशक केसीका अनुसार चलचित्रमा पुष्पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ । यस्तै विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीको अभिनय देखिनेछ । अभिनेत्री सिंह फिल्मका लागि बुधवार नेपाल आउँदैछिन् । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । मित्र डि गुरुङको सम्पादन रहने यो लचित्र दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् ।&nbsp;</p>