आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकहरुले चलचित्रको बारेमा दर्शकसम्म जानकारी होस् भन्ने हेतुले अनेक फण्डा अपनाउनु परेको छ । चलचित्रको गीत राम्रो बनाएर हुन्छ कि चलचित्रमा बारेमा दर्शकलाई प्रश्न सोधेर बिजेता बनाएर हुन्छ, जसरी हुन्छ राम्रो प्रचारप्रसारको माध्यम खोजिरहेका हुन्छन् । यसैबिच पछिल्लो समय चलचित्रमा समावेश हुने गीतसंगीतलाई पनि उत्तिकै मात्रामा ध्यान दिन थालिएको छ । गीत हिट भएमा चलचित्र पनि हिट हुन सजिलो हुने भएकाले कुनैपनि चलचित्र टिम राम्रो गीत बनाउनुपर्छ भन्ने तिर लाग्छन् । यसैबिच नेपाली चलचित्रक्षेत्रका सफल निर्देशकको रुपमा चिनिे मिलन चाम्सले अहिले ‘वीरविक्रम २’ निर्माण गरिरहेका छन् । अहिले छायांकन भइरहेको यो चलचित्रका लागी पनि २३ लाखको गीत खिचिएको छ । केहिसमय अघिमात्रै अभिनेता आकाश श्रेष्ठले हात झिकेपछि उनको ठाउँमा अभिनेता पल शाहलाई लिइएको थियो । त्यसलगत्तै मनाङ र मुस्ताङबाट फिल्मको छायांकन सुरु गरिएको थियो । अहिले चलचित्रको एक गीत सार्वजनिक गरिएको छ जुन गीतमा केहि तस्बिर निर्माण टिमले सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्बिरमा अभिनेत्री बर्षा सिवाकोटलाई अभिनेता द्वय पल र नाजिर हुसेनको अँगालोमा देख्न सकिन्छ । उक्त गीत खिच्न करीब २३ लाख खर्च हुने निर्देशक चाम्सले बताएका छन् । हाल छायांकन भइरहेको गीतमा रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द छ । यसमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर सुन्न सकिन्छ । चलचित्रमा अपर्ण सापकोटा सह–निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । चलचित्रमा विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल लगायतको पनि अभिनय रहनेछ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘वीरविक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

९ मंसिर २०७५, आईतवार ०३:४६