आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गायिका बिष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ सार्वजनिक भएको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो। गीतमा वियोगान्त अवस्था र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ। बविता श्रेष्ठद्धारा निर्देशित गीतमा मायामा परेका जोडीहरुले स्वार्थमा परेर आफनै बहिनीलाई कोठीमा पुर्याएको प्रतिनिधि कथालाई समेटिएको छ।

प्रेम आले मगर र मनिष थापा मगरको शब्द सिर्जना तथा प्रेम थापा मगरको लय सिर्जनमा गीत तयार गरिएको छ। मुकेश हुमागाईँको छायाँकन, अविनास डिसीको सम्पादन, भिडियोमा रहेको छ। ‘एक हजारको नोट’ गीतमा आशा खड्का, विमल अधिकारी, साया भण्डारी र राजन रसाइलीको अभिनय रहेको छ। मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ। त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्थालाई समेटिएको छ।

video

९ मंसिर २०७५, आईतवार ०५:१९