आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

प्रदेश ५को राजधानी बुटवलमा पहिलो पटक फेसन शो को आयोजना गरिएको छ । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाइएको शो मा ४५ जना महिला तथा पुरुष मोडलहरु ¥याम्पमा उत्रिएका थिए । पेजेन्ट नेपालको आयोजनामा बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा भएको फेसन शो एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाई ¥याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान गरिएको थियो ।

स्वस्तिका कार्कीको कोरीयोग्राफीमा ¥याम्पमा उत्रिएका मोडलहरुले मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेका थिए । उक्त फेसन शो मा कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन तथा ढाकाका पहिरनहरु पहिरिएर मोडलहरुले शो लाई रङ्गीन बनाएका थिए । आयोजक पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सांसद निर्मला क्षेत्रीले कार्यक्रममा बोल्दै सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताइन् । फेसन सो लाई मर्यादित तरिकाले अगाडी बढाउनसके यसको भविष्य राम्रो हुनेमा जोड दिइन् ।

राजधानीमा मात्र सिमित रहेको फेसन शो लाई मोफसलमा पनि स्थापित गर्नुपर्ने भन्दै आयोजना गरिको उक्त फेसन शो मा कार्यक्रम एसोसिएट्स वरिष्ठ उद्घोषक गोपाल प्रसाद अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयलगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागी हुन राजधानीबाट इभेन्ट अर्गनाइजर डेभिल सिंह राजपुत, सञ्चारकर्मी माधवराज खरेल, सौन्दर्य व्यवसायी सुसिला थापा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोडल आशा थापा, प्रज्ञा ढुंगेललगायत दर्जनभन्दा बढि कलाकर्मीहरु बुटवल पुगेका थिए । कार्यक्रममा गायक ध्रुव बिस्को, नितु कोइराला, सपन श्रेष्ठ, विनोद ढकाल, दीपक लक्की, पुर्णिमा लामा, सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भटटराईलगायत स्थानीय स्तरका कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए

११ मंसिर २०७५, मंगलवार ०९:१२