डा.डी.आर. उपाध्यायका आठ कृति एकै पटक बिमोचन

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

एकै गीतकारका सात गीति एल्बम एकैपटक बिमोचन गरिएको छ । डा. डी. आर. उपाध्यायका सात गीति एल्बम र एक उपन्यास गरि आठ कृति आइतबार एक कार्यक्रमका बिच राष्ट्रिय नाँचघर जमलमा एकै पटक बिमोचन गरिएको हो । उपाध्यायका बिमोचित कृतिहरूमा गीति एल्बम तर्फ ‘जोहो, अन्तराप, जखम, नशालु नजर, सहेली, प्रतिनाद र हिमाली लय’  रहेका छन् भने साथमा एक उपन्यास ‘दगाबाज’ पनि सँगै सार्वजनिक भएको छ । उपाध्यायका गीतहरूमा सङ्गीतकारत्रय बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारीले सङ्गीतबद्ध गरेका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा यसअघि एकैपटक आठ कृति एकसाथ बिमाचन गरिएको थिएन । समारोहमा राष्ट्रकवि माधव घिमिरेलाई नगद ५१ हजार सहित दोसल्ला तथा मालाले अभिनन्दन गरिएको थियो ।

एल्बमका गायक गायिकाहरूमा दीप श्रेष्ठ, दीपक खरेल, राजेशपायल राई, मनोजराज, रामचन्द्र काफ्ले, प्रकाश तिमिल्सिना, शिव परियार, दुर्गा परियार, मेलिना राई! श्रेयसी चेमजोङ, निशा देशार, आनन्द कार्की, बानिका प्रधान, सन्तोष लामा, शशी रावल, दीपक लिम्बु, टीका प्रसाईं, विश्व नेपाली, उदय सोताङ, मेछु धिमाल, सुनिता थेगिम, सीडी विजय अधिकारी, निखिता थापा, दिलिप लामा, सनुप पौडेल, प्रताप दास, रीता के.सी., योगेश काजी, शृंखला जोशी, सागर अधिकारी, मिना निरौला, यम बराल, प्रविशा अधिकारीका स्वरहरू रहेका छन् । विमोचन समारोहमा एल्बम भित्रका दस गीतहरूको प्रत्यक्ष गायन प्रस्तुत गरिएको थियोे । ३ वटा गीतहरूको म्युजिक भिडियो देखाइएको थियोे ।