सकिदै पुरानाको क्रेज

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

चलचित्र निर्माताहरु अचेल नयाँ पुस्ताका हिरो लिएर चलचित्र निर्माण गरे घाटामा गइन्न भन्ने मनस्थितीमा पुगेका छन् । त्यसै कारण होला प्राय निर्माताले अग्रस्थानमा नायक अनमोल केसी, दोस्रोमा प्रदीप खड्का, तेस्रोमा पलशाह गर्दै क्रमश सलिनमान बनिया, धिरज मगर लगायतका नायक लिएर फिल्म निर्माण गर्न खोजेको पाइन्छ । नयाँ पुस्ताका कलाकारमा निर्माता ढुक्क हुने अवस्थाकति छ त ? यो प्रश्नको जवाफ ठ्याक्कै दिन नसकिएला तर शुक्रबार र शनिबार भने कलाकारको क्रेज कै कारण दर्शक हल सम्मआउने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

हिरोको मात्र के कुरा हिरोइनको रुपमा पछिल्लो समय भित्रिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह देखि आँचल शर्मा सम्ममा पनि निर्माता लगानी गरे केही हद सम्म फिल्म सुरक्षित हुन्छ भन्ने तर्क गर्छन् । तर फिल्म बनाउँदै गर्दा कलाकार हेरेर मात्रहुँदैन त्यसको कथावस्तु अनि त्यसले खोजेका पात्र अनुसार कलाकार छान्न सक्नु चाहि बुद्धिमानी मान्छि । खासगरी अहिले नयाँकलाकारलाई लिएर फिल्म बनाउने लहड नै चलेको छ । पुराना कलाकारको क्रेज बिस्तारै सकिदै गएको छ । उनीहरुलाई लिएर पनि फिल्म निर्माण गर्न सकिन्थ्यो होला तर त्यस अनुसारको कथाको कमी सायद नेपाली फिल्ममा भएकाले होला अचेल उनीहरु फुर्सदिला देखिन्छन् ।

राजेश हमाल, शिवश्रेष्ठ, भुवन केसी, धिरेन शाक्यलाई लिएर फिल्म निर्माण हुनै छाडिसके । नायकको मात्र होइन नायिकाको रुपमा पनि कुनै समय एकक्षत्र राज गरेकी करिष्मा मानन्धर अचेल मेकरको नजरमा पर्दिनन् । कालान्तरमा आएर राजनीतिमा होमिए पश्चात त उनलाई फिल्मको अफर समेत आउन छाडेको छ । अहिले उनी अध्ययनलाई फोकस गरिरहेकी छिन् । राजेश हमालले पनि फिल्मबाट अफर आउन छाडेपछि निर्देशन विधा अंगाल्ने होहल्ला चलेकै हो । तर उनले स्क्रिप्टको कामभइरहेको र छिट्टै उक्त प्रोजेक्ट घोषणा गर्छु भन्दै आइरहेका छन् । यता राजेश कै समयका हिरो धिरेन शाक्य भने चलचित्र निर्माणमा प्रयोग हुने औजार वितरण तर्फ लागेका छन् । भुवन आफ्नै छोरा अनमोललाई लगानी गर्ने मेकरसँग सहकार्य गर्दै फिल्म निर्माणमा लागिपरेका छन् । यि पुराना हिरो पर्दामा आउन त चाहान्छन् तर मेकर अब यि कलाकारमा लगानी गर्न उतिसारो इच्छुक छैनन् । करिष्माको जस्तै पुजना अभिनेत्री झरना थापा, रेखा थापा हुँदै केकी अधिकारी, ऋचा शर्मा लगायतका नायिका लिएर पनि फिल्म निर्माण गर्न मेकरले छाडिसकेका छन् । रेखा, ऋचा र केकी आफै लगानी गरेर फिल्म निर्माण गर्न तर्फ लागेका छन् । बाहिरी ब्यानरबाट अफर कम आउन थालेपछि आफै मेकिङमा यिनीहरु होमिएका हुन् ।

नायक आर्यन सिग्देलले पछिल्लो समय निर्माण तथा अभिनय गरेको ‘कायरा’वर्ष कै असफल फिल्ममा गनियो । अभिनय राम्रो गरे पनि कथा छान्न नसक्नु आर्यनको कमजोरीको रुपमा धेरैले औल्याए । अहिले उनी आफ्नै व्यानरमा सिमित हुन पुगेका छन् । निखिल उप्रेती पनि पहिला कै क्रेज फर्काउन संघर्ष गरिरहेका छन् । खाली एउटै एक्सन अवतारमा देखिने उनका लागि समेत अबको समय चुनौतीपूर्ण छ । एक्सन कै कारण दर्शकबाट स्टारको ट्याग पाएका विराज भट्ट आफ्नै निर्माण तथा निर्देशनमा ‘साङ्लो’ नामक फिल्म लिएर आउने तयारीमा छन् । यो फिल्मको छिट्टै सुटिङ प्रारम्भ हुने जानकारी आएको छ । यद्धपि विराजलाई लिएर अब मेकरले फिल्म बनाउने हत्तपत्त आट गर्दैनन् । किनकि पछिल्लो उनी अभिनित फिल्म ‘पर्शुराम’को बक्स अफिस कलेक्शन लाजमर्दो नै भयो ।

यसरी समग्रमा हेर्दा पुराना कलाकारमा मेकरले लगानी गर्ने अवस्था हाल देखिदैन । थिएटरबाट आएका सौगात मल्ल, दयाहाङ राई लगायतमा समेत मेकर चेतिसकेका छन् । अभिनय राम्रो गर्छन् कलाकार तर हलमादर्शक आइदिदैनन् । पछिल्लो समय भने कमेडी जनराको चलचित्रले मार्केट कब्जा गरेको छ । अब पुरानाकलाकारले पनि यो क्षेत्रमा सिकेको सिप, ज्ञान र क्षमताकला कै अन्य विधामा प्रयोग गर्ने हो भने खस्किएको सिने क्षेत्रमा केही सुधार पो आउथ्यो कि? केही पुराना कलाकार भने देश छोडी परदेश तर्फ लागेका छन् । सुशील क्षेत्री, दिलिप रायमाझी, राजबल्लभ कोइराला, यूना उप्रेती, जीवन लुइँटेल लगायतका कलाकार नेपाल बाहिर रहेका छन् ।

अफर आउन्जेल फिल्ममा काम गर्ने र पछि विदेश भासिने कलाकार बढ्दै गइरहेका छन् । त्यसो त नयाँको आगमनपनि बढ्दो छ । प्रतिभावान कलाकार पनि भित्रिएका छन् । एउटै फिल्मले स्टार हुने पनि छन् । तथापी वर्षमा बन्ने सय हाराहारीको फिल्ममा दर्जन फिल्मले मात्र लगानी उठाएका छन् । यो विडम्बनाको कुरा हो । अब फिल्म मेकर नै छानिनु हुनु जरुरी छ । बजारले मागे भन्दा बढी फिल्म निर्माण गरिनुले प्राविधिक र कलाकारले रोजीरोटी त पाउलान् तर चलचित्रक्षेत्रलाई भने यसले खासै फाइदा पु¥याउदैन ।

(यस सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)