आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट्रेलिया टुर घोषणा भएको छ। आगामी जनवरीमा पर्थबाट टुर सुरु हुनेछ भने तास्मनिया पुगेर अन्त्य हुनेछ । एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले जनाउनेछन् भने टप सिक्सबाट बाहिरिएका पवन गिरीलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको आयोजकले जनाएको छ।

अस्ट्रेलियाको मुख्य आठ सहरमा सांगीतिक प्रस्तुतिका लागि कार्यक्रम तय गरिएको इभेन्टका निर्देशक अभिरमानसिंह बस्नेतले जानकारी दिए। उनले बताए अनुसार, सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तय भइसकेको छ। अन्य दुई सहरमा पनि छिट्टै घोषणा हुनेछ। सिड्नीमा नेपाली टच, पर्थमा असनेपाल इभेन्ट र वेस्र्टन नेपाली क्रिकेट क्लब, ब्रिसवेनमा सिभेन्टस् ब्रिसबेन, मेलर्वनमा स्मार्ट एक्सेस इन्टरटेन्ट र क्यानवेरामा जिम गौली इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिने निर्देशक बस्नेतले जानकारी दिए। ‘अस्ट्रेलियाको भूगोल ठूलो छ, बसोबासको बनावट पनि उस्तै छ’, निर्देशक बस्नेतले भने, ‘सबै सहरमा रहने नेपालीहरूलाई सांगीतिक कार्यक्रममार्फत एक ठाउँमा उभिने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो।’

२० मंसिर २०७५, बिहीबार ०४:३३