आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

कौरा गायक दुर्गा गुरुङले एक साँझ गर्ने भएका छन् । पहिलोपटक एकल गायनको तयारी गरेका गुरुङले नेपाली गीतसंगीतको क्षेत्रमा कौरा (चुट्का) गीत गायन र संगीतबाटै ठुलो नाम कमाइसकेका छन् । उनी सांगितीक क्षेत्रमा सक्रिय भएको रजत वर्ष पुगेको अवसरमा एकल गायन कार्यक्रमममा प्रस्तुत हुन लागेका हुन् ।

यहि आउँदो शनिबार गायक गुरुङले राष्ट्रिय नाँचघरको हलमा आफ्नो थुप्रै गीत गाउँनेछन् । ‘दुर्गा गुरुङ एकल साँझ २०७५’ नाम दिइएको उक्त साँझ तमू (गुरुङ) समाज तनहुँ, काठमाडौंले आयोजना गर्न लागेको हो । समाजका अध्यक्ष गंगाराम तमूले आप्mनो कला संस्कृति परम्पराको जगेर्ना गर्ने तथा कौरा गीतको संरक्षण र सम्वद्र्वन गर्ने हेतुले गायक, संगीतकार, संगीत संयोजक तथा वाद्यवादक दुर्गा गुरुङको एकल साँझ आयोजना गर्न लागेको बताए ।

‘म गीत संगीतको क्षेत्रमा लागेको २५ वर्ष पुगेको छ । यसै अवसरमा पहिलोपटक एकल साँझमा प्रस्तुत हुँदैछु । अरु विधाको गीतहरु समेत गाउँदै आए पनि विशेष गरी कौरा गायकका रुपमा पहिचान बनेकाले एकल साँझमा म पनि विशेष गरी कौरा गीत नै प्रस्तुत गर्नेछु। किनभने यो हाम्रो यो परम्परा पनि हो । धेरैजसो कौरा गीत गाउनेछु, अरु विधाका केही गीत पनि पस्कनेछु’ गायक गुरुङले भने ।

करिब ३ घण्टासम्म चल्ने एकल साँझमा प्रत्यक्ष बाद्यवादनमा गायक गुरुङले १ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् । उनले ‘हे कानछी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढँुगाको बाजरैमा’ जस्ता आप्mनो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आँछ रे भन्दिनु जस्ता लोकपप, आयो मैना गयो मैनाजस्ता झोरा गीतका साथमा गुरुङ भाषाका गीतसमेत प्रस्तुत गर्नेछन् । दुर्गालाई गायनमा लोकदोहोरी गायक गायिका रेशम गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथिवी गुरुङ, रिदम थापा, राज गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिनेछन् ।

तमु से हुला, आँधीखोला तमु समाजलगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका उनले गुरुङ फिल्म समाजद्वारा आयोजित पहिलो गुरुङ फिल्म अवार्ड तथा दोस्रो रोधी अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।

२१ मंसिर २०७५, शुक्रबार ०९:२०