गुरुङ फिल्मबाट संस्कृति जोगाउँदै एन्सर्ज

मंसिर, काठमाडौं ।

नायिका एन्सर्ज गुरुङ चलचित्रमार्फत नेपाली संस्कृति जोगाउन कसिएकी छिन् ।  सानैदेखि नृत्य र अभिनयमा रुचि राख्दै अघि बढेकी स्याङ्जाकी एन्सर्ज नायिका मात्र नभएर चलचित्र निर्मात्री पनि हुन् । उनले गुरुङ फिल्म ‘प्हीरुमाला’, ‘मनको बाँबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी) र ‘आमाको मन’ चलचित्रमा अभिनय गरिसकेकी छिन् । यीमध्ये मनको बाँबरीले दर्शकको साथ राम्रै पायो । जुन चलचत्रि नेपाल, हङकङ, युके, जापान लगायत देशमा प्रदर्शन भएर मनग्य आम्दानी भएको निर्माण पक्षले जनाएको छ । मनको बाँबरी सामाजिक कूरीतिविरुद्ध निर्माण गरिएको चलचित्र हो । ‘प्हीरुमाला’ उनको डेब्यू चलचित्र हो । यो गुरुङ समुदायको संस्कृतिसंग सम्बन्धित छ ।

एन्सर्ज आफ्नो समुदायको कला संस्कृतिलाई बाहिर ल्याउनुपर्छ भन्ने मान्यता राख्छिन् । कतिपय मौलिक संस्कृति लुकेर रहेका छन् । यसले गर्दा लोपोन्मुख हुँदै गएका छन् । यसलाई जोगाउनकै लागि फिल्म निर्माण, अभिनय र नृत्यमार्फत एन्सर्ज कम्मर कसेर लागेकी छिन् । सानैदेखि फिल्म क्षेत्र रुचाउने उनी साँच्चै आफ्नो सपना पूरा भएको बताउँछिन् । एन्सर्जले चारवटा म्युजिक भिडियो गरेकी छन् । मौलिक भाका सालैजो, कौडा, ‘छोरीको बेदना’ तीज गीत र आधुनिक गीत ‘वियोग’बोलको गीतको म्युजिक भिडियोमा पनि एन्सर्जले अभिनय गरेकी छिन् ।

उनी चलचित्र तथा म्युजिक भिडियो प्रदर्शनका क्रममा हङकङ, युके, जापान, युरोप पुगेकी छन् । चलचित्रमा पनि प्राय गरेर आर्टमुभीलाई प्राथमिकता दिन्छिन् । नेपाली मौलिकतालाई प्राथमिकतामा राख्छिन् । नौलो परिवेश, रहनसहन, समसामयिक गतिविधिलाई समेटिएको कथावस्तुलाई फिल्मको पर्दामा उतार्ने गर्छिन् । उनको विशेषता भनेकै समाजमा लुकेर रहेका जाति, भाषा, कला, संस्कृतिलाई खोज्ने, उजागर गर्ने तथा जगेर्ना गर्ने हो । भन्छिन्, ‘एक्स्पोज हुन नसकेका जाति, भाषा, कला, संस्कृतिमा मौलिकता हुन्छ, त्यसैमा इतिहास हुन्छ नि त !’

कला क्षेत्रमा उनको योगदानलाई कदर गर्दै गतवर्ष तमुधिं युकेले ‘नेपाली मेला’ मा सम्मान ग¥यो । जनजाति समुदायको मौलिक संस्कृति र पहिचानलाई माथि उठाउन योगदान पु¥याएको भन्दै हालै जनजाति महासंघ अमेरिकाले पनि फिल्म फेस्टिबलका अवसरमा सम्मान गरेको थियो ।

विद्यालय शिक्षा हुँदै स्नातक तहसम्मको अध्ययन गरिसकेकी उनी यतिबेला कला क्षेत्रमै व्यस्त छिन् । कला क्षेत्रको अलावा समाजसेवामा रुची राख्छिन्, एन्सर्ज । उनीसँग समिदा वुमेन डेभलपमेन्ट फोरममा उपाध्यक्ष पदमा रहेर दुई वर्ष सेवा गरेको अनुभव पनि छ । समिदाले एकल महिला तथा बालबालिकाको क्षमता विकास गर्ने कार्यक्रम गर्दछ ।

उनी कला क्षेत्र तथा समाजसेवाका क्रममा बटुलेका अनुभवहरु भावी पिंढीका लागि हस्तान्तरण गर्दै जाने प्रतिबद्धता गर्छिन् । ‘युवापुस्तामा हस्तान्तरण गर्नु भनेको अनुभवलाई जीवित राख्नु हो’ फिल्म निर्माता एवं नायिका एन्सर्ज भन्छिन्, ‘जुनचाहिँ भावी पिंढीका लागि व्यक्तित्व विकासको आधार बन्छ ।’

(यस सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)