मंसिर, काठमाडौं ।

कौरा गायकको रुपमा परिचित दुर्गा गुरुङले एकल गायन कार्यक्रम सम्पन्न गरेका छन् । पहिलोपटक एकल साँझमा प्रस्तुत भएका गुरुङले थुप्रै कौरा (चुट्का) गीत गाएर सुनाएका थिए ।

शनिबार राष्ट्रिय नाँचघरमा आयोजित ‘दुर्गा गुरुङ एकल साँझ २०७५’मा उनले प्रत्यक्ष वाद्यवादनमा १ दर्जन बढी गीत प्रस्तुत गरेका थिए । कार्यक्रममको आरम्भमा खैमु लोसर बोलको गुरुङ गीत गाएर आउँदै गरेको लोसारलाई स्वागत लगरेका थिए भने त्यसपश्चात, हे कानछी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमाजस्ता आफुनो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आउँछ रे भन्दिनु जस्ता लोकपप, आयो मैना गयो मैनाजस्ता झोरा गीत प्रस्तुत गरेका थिए ।

तमु (गुरुङ) समाज तनहुँको आयोजनामा सम्पन्न एकल साँझमा प्रमुख अतिथिसांसद कृष्णकुमार श्रेष्ठ किसनले आफुलाई कौरा गीत असाध्यै मन पर्ने भन्दै सरकारबाट प्राप्तहुने एक महिनाको पारीश्रमीक दुर्गा गुरुङको कार्यक्रमलाई सहयोग गर्ने घोषणा गरे । एकल साँझका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेको र करिव १० लाख रुपियाँ संकलन भएको गायक दुर्गा गुरुङले बताए । खर्च काटेर बाँकी रकम चुट्का गीतको संरक्षणको लागि कोषमा जम्मा गर्नेछौ दुर्गाले बताए ।

दुर्गाले रोदी घरैमा नामक लोकपप एल्बममा रहेको रोदी बस्न आउँछ रे भन्दिनु यानी मायालाईबाट लोकपप गायकको परिचय बनाए भने हे कानछी ढल्क्यो जोवन माइतै नभुल, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमा, रसैको माया हे माया जस्ता गीतमा स्वर दिएका छन्। कौरा, लोकपप, दोहोरी गरी डेढ सयभन्दा बढी गीत गाएका उनको चांैरी गोठैमा, माछी लेवैमा, रोधी घरैमा जस्ता लोकपप, हे कानछी, रिसिङ डाँडा रमाइलो, सोलोजुलुको, साली भेना, रसैको माया, आकाशै उज्यालो जस्ता कौरा एल्बम बजारमा आइसकेका छन् ।

२४ मंसिर २०७५, सोमबार ०५:१८