अनमोलको ‘क्याप्टेन’मा समावेश पहिलो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सुगम पोखरेल र अन्त पन्तको स्वरमा रहेको ‘रहर छ सँगै हुने’बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र उपाशना सिंह ठकुरीको प्रेम देखिन्छ । गीतमा अर्जुन पोखरेलको संगीत छ भने दिंगव धउरालीको शब्द रहेको छ । भिडियोमा कोरियोग्राफि कविराज गहतराजको रहेको छ भने दिर्गराज खड्काले सम्पादन गरेका हुन्  ।

बिहीबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा नायक अनमोल केसीले चलचित्रका लागी आफूले निकै मिहिनत गरेको बताए । उनले गीतका लागी पनि सम्पूर्ण टिमले राम्रो काम गर्ने प्रयास गरेको बताउँछन् । ‘गीत राम्रो बनाउन टिमले धेरै मिहिनत गरेका छौं, आशा छ सबैलाई मन पर्नेछ’ अनमोलले भने । चलचित्रका निर्देशक दिवाकर भट्टराईले चलचित्रको बिषयमा बोल्दै आफ्नो तर्फबाट भरपुर राम्रो बनाउने कोशिस गरेको बताउँछन्  । यस्तै निर्माता भूवन केसीले पनि खेलप्रेमीहरुका लागी मात्र नभएर सारा नेपालीका लागी ‘क्याप्टेन’ निर्माण गरेको बताए । सार्वजनिक गीतका संगीतकार अर्जुन पोखरेलले गीत निर्माण गर्दाको समय सम्झदै अनमोल र भूवन केसीको चलचित्र प्रतिको लगावबारे खुलेरै प्रसंसा गरे । ‘मैले धेरै चलचित्रका लागी गीत बनाएको छु, तर उहाँहरुको चलचित्र प्रतिको लगाव देखेरे अचम्मित छु’ पोखरेलले भने ।

video: