अनमोल र अशोक युट्युव ट्रेन्डिङमा अघि–पछि, भ्युजमा अशोकले जिते

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

दर्शकले अत्यधिक मन पराएका नायक अनमोल केसी र बालगायक अशोक दर्जीको गीत बिहीबार एकै दिन सार्वजनिक भए । नायक अनमोलका फ्यान निकै छन् त्यसैले पनि उनले अभिनय गरेको चलचित्र ‘क्याप्टेन’को सार्वजनिक गीतको प्रतिक्षामा धेरै थिए । यता बालगायक अशोकका फ्यान पनि देश भित्र र देश बाहिर अत्यधिक छन् । तुलनात्मक हिसाबले हेर्ने हो भने बैदेशीक रोजगारमा गएका नेपाली फ्यानहरु अनमोल भन्दा अशोकको बढी पाइन्छ ।

बिहीबार दिउसो १ बजे अशोक दर्जी, टंक बुढाथोकी र अर्का बालगायक एआर बुढाथोकीको स्वरमा रहेको ‘चौरीको चाम्रो धुर्पि’ बोलको गीत सार्वजनिक भएसँगै एक घण्टामै पचासहजार भन्दा बढी पटक युट्युवमा हेरिसकिएको थियो । यता चलचित्र ‘क्याप्टेन’को सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको ‘रहर छ सँगै हुने’बोलको गीत पनि अशोकको भन्दा दुईघण्टा पछि युट्युवमा सार्वजनिक भयो । तुलनात्मक हिसाबमा अनमोलले अभिनय गरेको उक्त चलचित्रको गीत अशोकको जसरी युट्युव भ्युजमा ‘स्पिड’ नलिएपनि प्रतिक्रिया निकै राम्रो आइरहेको छ ।

अहिले यो समाचार तयार पार्दासम्म अशोकको गीतमा ११ लाख ७० हजार भ्युज आइसकेको छ भने ८२ हजार लाइक, २५ सय डिस्लाक छन् भने १४ हजार बढी प्रतिक्रिया आएका छन् । यस्तै अनमोलको गीतमा ६ लाख ९० हजार म्युज, २८ हजार लाइक र २१ सय डिस्लाक आएका छन् । यस्तै ४५ सय प्रतिक्रिया आएका छन् ।

ट्रेन्डिङमा पालौपालो अनमोल र अशोक

नेपालको युट्युव ट्रेन्डिङमा हेर्ने हो भने अशोक र अनमोल पालैपालो शीर्षस्थानमा आएका छन् । सुरुवातका केहि घण्टा नायक अनमोलले युट्युव ट्रेन्डिङको नम्बर १ को स्थान कायम राखे भने दिउँसो केहि बेर अशोकले अनमोललाई दोस्रो स्थानमा धकेल्दै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेका थिए । अहिले यो समाचार तयारपार्दा सम्म भने अनमोल युट्युव ट्रेन्डिङको पहिलो र अशोक दोस्रो स्थानमा छन् । यस्तै यी दुई भिडियो नेपालमा मात्र नभएर बिदेशका धेरै देशका युट्युव ट्रेन्डिङमा परेका छन् । जहाँ नेपाली धेरै छन् त्यहाँ यी भिडियोहरु धेरैपटक हेरिएको छ । गायक टंक बुढाथोकीको सामाजिक सञ्जाललाई पछ्याउने हो भने अशोकको गीत कतार र कुबेतमा पनि पहिलो स्थानमै छ भने युएई र बहराइनमा पाँचौ स्थानमा पर्न सफल भएको छ । यस्तै साउदी अरबमा पनि १३ औं स्थानमा परेको छ । यो भन्दा अघिको अशोकको ‘मन बिनाको धन ठुलो’ बोलको गीतले पनि यसैगरी लोकप्रियता कमाएको थियो ।

video: