सुटिङका लागी अस्ट्रेलिया जाँदै इथोज

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

सांगीतिक व्याण्ड इथोजले आफ्नो चौथो एल्बम ‘प्रस्ताव ३’मा समावेश ‘सक्छु एक्लै बाँच्नलाई’ बोलको गीतको छायांकन अस्ट्रेलियामा गर्ने भएको छ । व्याण्डका गायक अजय शमशेर राणाले पुस महिनाको अन्तिममा अष्ट्रेलियाका विभिन्न सहरमा गीतको छायांकन गरिने बताए । यस एल्बम गएको दशैंमा सार्वजनिक गरिएपनि भिडियो निर्माण गरिएको थिएन ।

गायक अजयका अनुसार भिडियोमा अभिनयका लागि विजय कँडेल र निशा खड्का फाइनल भइसकेका छन् । आङकाजी शेर्पाले निर्माण गर्न लागेको भिडियोमा प्रकाश पौडेलको छायांकन र निर्देशन रहनेछ । मोडल विजयले यसअघि ‘सम्बन्ध’, ‘इस्पेस’ र ‘तिमीले यो के गरेको’लगायतका भिडियोमा अभिनय गरिसकेका छन् भने निशाले ‘सम्बन्ध’मा अभिनय गरेकी छन् । निर्माता आङकाजीले यसअघि ‘इस्पेस’, ‘सम्बन्ध’, ‘तिमीले यो के गरेको’, ‘कहिले काँही’लगायतका गीतको भिडियो निर्माण गरिसकेका छन् ।

यसअघि व्याण्डको एल्बमका गीत दुई गीत थाइल्याण्डका विभिन्न सहरमा छायांकन गरिएका थिए । एल्बममा पप र आरएण्डबी फ्लेभरका आठ गीत छन् ।