‘क्याप्टेन’ सँग जुध्दै ‘दि ब्रेकअप’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

पौष २७ गते प्रर्दशन मिति घोषणा गरिएको चलचित्र ‘दि ब्रेकअप’को प्रदर्शन मिति फेरी दोश्रो पटक सरेको छ । चलचित्र  पुष २७ गतेबाट सरेर सिधै फागुन १७ मा पुगेको छ । चलचित्रका निर्देशक हेमराज विसीले बिभिन्न प्राविधिक कारणले गर्दा प्रर्दशन मिति सार्न बाँध्य भएको बताएका छन् ।

फागुन १७ मा स्पोटर्स जानरामा निर्माण भएको  ‘क्याप्टेन’ र लभ स्टोरी फ्लेवरमा बनेको ‘दि ब्रेकअप’ एकसाथ भिड्ने भएका छन् ।निर्देशक विसीले ‘दि ब्रेकअप’ र ‘क्याप्टेन’ एकै मितिमा आउँदा दुबै चलचित्रलाई असर नपर्ने बताएका छन्। चलचित्रको बजेट अनुसार उक्त मितिनै उत्तम रहेको विसीले बताएका छन् ।

अर्को चलचित्र ‘जात्रै जात्रा’ पनि यही मितिमा प्रर्दशनका लागि तोकिएको थियो ।  ‘जात्रै जात्रा’का मुख्य कलाकार अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परिदाहिने खुट्टा भाँचिएपछि चलचित्रको छायांकन रोकियो ।  दुर्घटनापछि झन्डै महिनौको लागि छायांकन रोकिएको चलचित्र निर्धारित मितिमा प्रर्दशनमा नआउने भएको छ । लभ स्टोरी फ्लेवरमा बनेको चलचित्र ‘दि ब्रेकअप’मा अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ, नव–कलाकार शिल्पा मास्के , इच्छा कार्कीलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्देशक तथा निर्माता हेमराज विसीनै हुन् ।