‘ए मेरो हजुर ३’ मा राहुलको कोरियोग्राफि (भिडियो हेर्नुहोस)
आर्टिष्ट खबर/ पुस, काठमाडौं । गोपिकृष्ण चापागाईं ।
पछिल्लो समय म्युजीक भिडियोमा नयाँ कन्सेप्ट ल्याएर निर्देशन गरिरहेका कोरियोग्राफर राहुल शाहले चलचित्रमा पनि हात हालेका छन् । नायक अनमोल केसी र अभिनेत्री झरना थापाकी छोरी सुहाना केसीको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर ३’को एक डान्सिङ गीतमा उनले कोरियोग्राफि गरेका छन् । अहिलेसम्मन नै नेपाली चलचित्रमा प्रयोग नभएको कन्सेप्टमा काम गरेको राहुल बताउँछन् । उनले उक्त गीतमा नायिका सुहानालाई नँचाएका छन् । गीतमा थुप्रै महिला कोरसको मात्र प्रयोग भएको सुनिलले जानकारी दिए ।
‘मैले अहिलेसम्मनै नेपाली चलचित्रमा नभएको फरकपन दिएको छु, चलचित्रमा नायिका सुहानासँगै थुप्रै महिला कोरसको प्रयोग गरिएको छ, पुरुषपात्र कोहि हुनहुुन्न’ बिहीबार जोरपाटीस्थित एक रिसोर्टमा अर्को गीतको काममा ब्यस्त रहेका राहुलले हिमालय टाइम्ससँग कुरागर्दै भने । ‘मैले कुनै कुनै गीतको लागी निकै ठुलो योजना बनाएको हुन्छु, निकै खर्चिलो कोरियोग्राफिको कन्सेप्ट बनाउँछु, तर एक म्युजीक भिडियोका लागी मात्र खर्च सम्भव हुँदैन त्यसैले त्यो कन्सेप्ट यतिकै मर्ने गरेको थियो ।  ए मेरो हजुर ३ को गीतमा मैले मेरो दिमागले भ्याएसम्म राम्रो बनाएको छु’ राहलले भने । यस्तै उनले चलचित्रको टिमसँग जोडिनुको कारण बारे भन्छन् ‘मलाई एकदिन चलचित्रकी निर्देशक अभिनेत्री दिदि झरना थापाले फोन गर्नुभो, भेटमा चलचित्रका लागी दुईवटा गीत सुनाउनु भो, मैले अहिलेनै दुई गीत गर्नुभन्दा एउटैलाई राम्रो बनाउने कोसिश गर्छु भनेर एकगीतमा मात्र हात हालेको हुँ ।’
गीत मनाङ, जोमसोम लगायतका रमणीय स्थानमा खिचिएको छ । झरनाले निर्देशन गरेको यो चलचित्रको अर्को ‘लभसङ’मा भने अनमोल र सुहाना फिचर्ड छन् । चलचित्रमा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । चलचित्र आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
डान्सिङ फिल्म बनाउँदै राहुल
कोरियोग्राफर राहुलले आफूले सन् २०२० मा एक चलचित्र निर्देशन गर्ने जानकारी दिए । उनले अहिले जति पनि म्युजीक भिडियोमा निर्देशन, कोरियोग्राफि गरिरहेका छन् त्यो चलचित्रका लागी अनुभव बटुल्नका लागी गरिएको जानकारी दिए । ‘मैले अब दुईबर्ष पछि चलचित्र निर्देशन गर्छु, यो कुरा मैले पहिलादेखी नै सोचेको हुँ, मेरो दिमागमा आएको डान्सिङ चलचित्र दर्शकमाझ ल्याएर छाड्छु’ राहुलले भने । यस्तै उनले आफूले निर्देशन गर्ने चलचित्र ओस्कार अवार्डमा जानेसम्मको बनाउने बताउँछन् । ‘नेपालमा डान्सिङ फिल्म बनेका छैनन्, मैले निकै मिहिनत गरेर डान्सिङ फिल्म बनाउने तयारी गरेको छु, जुन फिल्म हेरेर हलिउड पनि अचम्म परोस्’ उनले भने ।
आज नयाँ गीत आउँदै
राहुलकै निर्देशनमा तयार भएको नयाँ म्युजीक भिडियो आज (शुक्रबार) दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ । राहुलकै डान्सिङ स्कुल ‘भाइब्स एण्ड वेब्स्’को युट्युव च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक हुँदैछ । गीतमा नविन रावल र एञ्जिला रेग्मीको स्वर छ । यो गीतको भिडियोमा पनि राहुलले नयाँ कन्सेप्टमा काम गरेको बताउँछन् । ‘भिडियो यति सस्पेन्स छ कि भिडियो हेर्दै गर्दा दर्शकले एकदिन पनि आँखा झिमिक्क गर्न पाउनुहुन्न’ भिडियोबारे राहुलले भने । भिडियोमा दुई युवकले एक युवतीको पछि लाग्ने कन्सेप्ट प्रयोग गरिएको उनले बताए ।
भिडियोमा राहुलसँगै सुनिल क्षेत्री र अलिसा शर्माले पनि नृत्य गरेका छन् । सुनिल र अलिसाले पनि आफूहरुको टिमले निकै राम्रो काम गरेको बताए ।
video
SofK;gM sf7df8f}+sf] hf]/kf6Ll:yt gln{ª l/;f]6{df /]i6'/]06sf] b[Zosf]
5fof+sgsf] qmddf 8fG;/ /fx'n, ;'lgn nufotsf] l6d . tl:a/M lxdfno 6fOD; .<o:p></o:p>