मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘एबीसीडी ३’ यतिबेला बलिउडमा निकै चर्चाको बिषय बनेको छ । अन्तिम समयमा आएर अभिनेत्री कट्रिना केफले चलचित्रबाट हात झिकेपछि हाल निर्माताहरु अभिनेत्रीको खोजीमा लागेका छन् ।चलचित्रका लागी ज्याकलिन फर्नान्डिस, श्रद्धा कपूर र कृति सेनन लगायतका अभिनेत्रीको नाम चर्चामा आएको थियो । तर अहिले चलचित्रको मुख्य भूमिकामा रहने अभिनेत्रीका लागि सारा अली खानसँग कुराकानी भइरहेको खबर सार्वजनिक भएको छ । सारा अलीले केही समय अघि करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा अभिनेता वरुण धवनको जोडीको रुपमा काम गर्ने इच्छा रहेको बताएकी थिइन् । सारा अली खानको त्यो चाहना छिट्टै नै पूरा हुने देखिएको छ ।

सारा अली खानले २०१८ मा चलचित्र ‘केदारनाथ’ बाट बलिउड डेब्यू गरेकी हुन्। अभिनेता सुशान्त सिंह राजपुत स्क्रिन शेयर गरेकी सारा अलीले पहिलो चलचित्रबाटै दर्शकको मन जित्न सफल भएकी थिइन् । हाल रणवीर सिंहको जोडीको रुपमा देखिएकी साराको दोस्रो चलचित्र ‘सिम्बा’ले यतिबेला बक्सअपिसमा दमदार व्यापार गरिरहेको छ ।

समाचारका अनुसार २२ जनवरीदेखि पञ्जाबमा अमृतसरबाट चलचित्र ‘एबीसीडी ३’को छायाँकनको काम सुरु गरिनेछ । छायाँकनको लागि भने चलचित्र यूनिट लण्डन जानेछन् । चलचित्रलाई रेमो डिसुजाले निर्देशन गर्नेछन् । चलचित्रमा वरुण धवनका साथै कोरियोग्राफर प्रभु देवा, राघव जुयाल, धर्मेश र पुनीत पाठकको मुख्य भूमिका हुनेछ । यसअघि ‘एबीसीडी ३’मा वरुण धवन र कट्रिना केफ मुख्य भूमिकामा बाँधिने बताइएको थियो । तर कट्रिनाले अभिनेता सलमान खानको चलचित्र ‘भारत’ को छायाँकनको व्यस्तताका कारण ‘एबीसीडी ३’ छाडेको बताएकी छिन् । चलचित्र ‘एबीसीडी ३’ २०१९ को नोभेम्बर ८ मा रिलिज हुने बताइएको छ ।

१९ पुष २०७५, बिहीबार ०९:१०