आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

निर्देशक भिषण राईद्दारा निर्देशित चलचित्र 'पुरानो बुलेट' विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङमा चलचित्रको पहिलो प्रदर्शनी हुने बताएको छ । हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्र 'पुरानो बुलेट' नेपालमा भन्दा पहिला हङकङमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । आगामी फेब्रूअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुनेछ भने नेपालमा उक्त चलचित्र चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड रोलमा छन् । उल्लेखित तीन कलाकारसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय चलचित्रमा समावेश छ । सन्तोष राई कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

हरी घले लामाले खिचेको यो चलचित्रमार्फत निर्देशनमा डेब्यू गरेका राईले लामो समयको रंग पत्रकारिता र फिल्म समिक्षामा खारिएको अनुभव फिल्म निर्देशनमा खर्चिएको बताए । चलचित्रको सम्पुर्णजसो छायाँकन पुर्वी नेपालमा नै गरिएको छ ।

हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले चलचित्र पुरानो बुलेट प्रिमियरको जिम्मा लिएका छन्। 'हेल्प फर ह्युमिनिटी' (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने चलचित्रको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ ।