मुम्बई , एजेन्सी ।

सन् २०१४ मा सार्वजनिक प्रर्दशनमा आएको बलिउड चलचित्र ‘किक’ मा सुपरस्टार सलमान खानको साथमा अभिनेत्री ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् । उक्त चलचित्रको सिक्वेल ‘किक–२’ मा भने सलमान खानको साथमा अभिनेत्री दिशा पटानी देखिने भएकी छिन् ।

हाल दिशा सलमान खानको अर्को चलचित्र ‘भारत’ पनि मा काम गरिरहेकी छिन् । ‘भारत’ दिशाको करियरको लागि निकै ठूलो अवसर हुने विश्वास गरिएको छ ।

दिशा पटानीले चलचित्र ‘एम.एस.धानीः दि अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । उनी चलचित्र 'धोनी'मा सुशान्त सिंह राजपुतको साथमा देखिएकी थिईन् । उक्त चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । त्यसतै उनको दोस्रो चलचित्र ‘बागी–२’मा पनि उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए ।

‘बागी–२’मा उनले टाईगर स्राफ सँगकाम गरेकी थिइन् । उनको दोस्रो चलचित्रले पनि बक्स अफिसमा राम्रो कमाई गर्यो । अब भने उनी चलचित्र ‘किक–२’ मा सलमान खानको साथमा भएकी देखिने छिन् । साजिद नाडियाड वालाले निर्माण र निर्देशित गर्ने ‘किक–२’ को हाल काम भइरहेको स्रोतले जनाएको छ ।

२ माघ २०७५, बुधबार ०६:०९