‘मणिकर्णिका’को तेस्रो दिनसम्मको ब्यापार ४२ करोडभन्दा बढी

मुम्बई , एजेन्सी ।

जनवरी २५ बाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मणिकर्णिका’ले सकारात्मक प्रतिक्रिया पाईराखेको छ। दर्शक तथा चलचित्र समीक्षकले ‘मणिकर्णिका’को प्रशंसा गरिरहेका छन्। चलचित्रको मात्र चर्चा नभएर चलचित्रमा मुख्य भूमिकामा रहेकी कंगनाको रनौतको अभिनयको पनि उत्तिकै चर्चा भइरहेको छ । उनले सबैको तर्फबाट वाहवाही पाइरहेकी छिन् ।

पहिलो दिनमा चलचित्रले जम्मा ८ करोड ७५ लाखको मात्र व्यापार गर्‍यो तर १३ देखि १५ करोडको व्यापार गर्न सक्ने अनुमान लगाइएको थियो। दोस्रो र तेस्रो दिन भने यस चलचित्रले पहिलो दिनको तुलनामा दोब्बरभन्दा बढी ब्यापार गरेको छ । दोस्रो दिन शनिबार १८.१० करोड कमाएको यस चलचित्रले तेस्रो दिन १५.७० करोड कमाएको छ । समग्रमा भन्नुपर्दा ‘मणिकर्णिका’ले तेस्रो दिनसम्ममा ४२.५५ करोडको व्यापार गरिसकेको छ ।

झाँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित यस चलचित्रमा अभिनेत्री कंगना रनौतले रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् । कंगना रनौतको अलवा यस चलचित्रमा अंकिता लोखण्डे, कुलभूषण खरबन्दा, डेनी डेन्जोगंपा, जिस्सूसेन गुप्ता लगायतको पनि भूमिका रहेको छ । चलचित्रको निर्देशनमा स्वयं कंगना रनौत र क्रिशको हात रहेको छ ।