‘ब्याचलर बन्टी’ बाट पन्छिए मिलन चाम्स

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

केही समय अघि ‘ब्याचलर बन्टी’ चलचित्रका निर्देशक मिलन चाम्सले अभिनेता अनमोल केसी लाई मागे बमोजिमको रकम ४५ लाख पारिश्रमिकमा चलचित्र साइन गराएका थिए। तर अनमोलले चलचित्रको कथा मन नपरेको भन्दै दुई हप्ता अगाडि एग्रिमेन्ट पेपर फिर्ता दिए । तर हाल निर्देशक मिलन चाम्सले पनि ‘ब्याचलर बन्टी’बाट हात झिकेको खबर बाहिरिएको छ । उनले भनेका छन् 'अब म ब्याचलर बन्टी’ गर्दिनँ।’

हाल चाम्सले आफूले निर्देशन गरेको हिट चलचित्र ‘बोबी’ को दोस्रो पार्ट निर्माणमा ब्यस्त रहेको बताएका छन्  । उक्त चलचित्रको छायांकन चैतबाट सुरु हुने बताइएको छ । ‘बोबी’ को दोस्रो पार्टको अलवा उनले निर्देशन गर्ने चलचित्र अझै तीन वटा रहेको बताएका छन् ।

उनले मिडियाप्रति दुखेसो ब्यक्त गर्दै भनेका छन् ।अनमोलले ‘ब्याचलर बन्टी’ छोड्नुको वास्तविक कारण भुवन दाई अनमोल र मलाई मात्र थाहा छ। मिडियामा अनमोलको भनाइ मात्र आयो तर निर्देशक र निर्माताको भनाइ बुझ्न किन आवश्यक ठानिएन? यहाँ मिडियाले पनि ‘स्टार’ कै मात्र कुरा सुन्ने रहेछ।'

यो चलचित्र अनमोलले नगर्ने भएपछि चलचित्रका निर्माता सुदीप खड्काले अभिनेता प्रदिप खड्कालाई चलचित्रका निम्ति अफर गरेको बताइएको छ । ‘ब्याचलर बन्टी’ कै स्क्रिप्टमा प्रदीपलाई लिएर यसअघि नै विकास बोर्डमा दर्ता भएको टाइटल ‘सोलीडोली’ बनाउन लागेको चर्चा छ । यस चलचित्र विकास बोर्डमा निर्देशक चाम्स र निर्माता सुदीप खड्काको ब्यानरमा दर्ता छ । यसअघि नै विकास बोर्डमा दर्ता भएको  चलचित्रको टाइटल ‘सोलीडोली’ बनाउन लागेको चर्चा छ । यदि प्रदिपले चलचित्रमा काम गर्ने पक्का भए पछि मात्र चलचित्रको नाम परिवर्तन गर्ने निर्माण पक्षको दाबी छ ।

चलचित्रको सुरुकै नाम ‘सोलिडोली’ थियो । प्रदिपलाई नै अभिनय गराउने भनेर निर्णय गरेको चलचित्रका निर्देशक मिलन चाम्स र प्रदिप खड्का बीच केहीकारणबस सम्बन्ध बिग्रीएपछि चलचित्रको नाम परिवर्तन गरी  ‘ब्याचलर बन्टी’ राखेर अनमोललाई अफर गरिएको थियो । हाल चलचित्रका निर्माता सुदीप खड्का प्रदीपलाई चलचित्रका निम्ति मनाउने प्रयासमा छन् ।अनमोलले उक्त चलचित्रलाई अस्वीकार गरेपछि निर्माता फेरी प्रदिप खड्कातिर नै फर्किएका हुन्। हाल पत्ता लागेको कुरा यो छ की चलचित्रका लागि प्रदीपलाई अफर गरेको विषयमा खुद निर्देशक चाम्सनै बेखबर रहेछन् । यस बिषयलाई लिएर चाम्सले फेसबुकमा एक स्टाटस लेखेका छन् जुन यसप्रकार रहेको छ।