‘डान्स च्याम्पियनसिप लिग २०७५’ सम्पन्न

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">डान्स च्याम्पियनसिप लिग २०७५ सम्पन्न भएको छ । जसमा १५ वर्ष मुनिका १ सय ५० जना वालवालिकाहरुले अडिसन राउण्डमा भाग लिएका थिए । त्यसमध्ये उत्कृष्ट १० छानिएका थिए । ग्रान्ड फिनालेबाट आदर्श लामा प्रथम, खुसी कट्टेल दोस्रो, सलिना मगर तेस्रो छनौट भए । लामा, कट्टेल र मगरले पहिलो, दोस्रो र तेस्रो भए बापत क्रमश प्रथम ५० हजार, ३० हजार र २० हजार रुपैंया“ हात पारे । रोजन बलामी, गंगा लामा, रिदम घिसिङ, आलोक बोहरा, किम गुरुङ, दिक्षा पौडेल,&nbsp; सिया थापामगर उत्कृष्ट १० भित्र पर्न सफल भए । यसमा कोरियोग्राफी जनक चौधरी र सुमन श्रेष्ठले गरेका थिए । बालुवाटार टु“डालदेवीस्थित फ्युजन डान्स सेन्टरद्वारा डान्स च्याम्पियनसिप लिग २०७५ को आयोजना गरिएको हो ।&nbsp;<br></p>