दुर्गेश थापाले अनाथ बालबालिकासँग मनाए जन्मदिन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

मोडल तथा गायक दुर्गेश थापाले आफ्नो ३१ औं जन्मदिन अनाथ बालबालिकाहरुसँग मनाएका छन् । राजधानीको चाबहिलस्थित इनरभिजन नेपाल संस्थामा रहेका ९ जना अनाथ बालबालिकालाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । उनले उक्त संस्थामा रहेका उक्त ९ अनाथबालबालिकाहरुलाई लत्ताकपडा, चामल, तेल लगायतका आवश्यक सामाग्री पनि सहयोग गरेका थिए ।

दुर्गेशले बिगत तीनबर्ष यता आफ्नो जन्मदिनमा बिभिन्न दुखमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् । त्यसै अनुरुप यसबर्ष पनि सहयोगको हात अगाडी बढाएका हुन् । ‘जन्मदिनमा कुनै पार्टि गरेर खर्च गर्नुभन्दा यसरी आफूले सक्ने सहयोग गरौं भन्ने लाग्छ, पार्टिको एकछिनको रमझम भन्दा यसरी सहयोग गर्न पाउँदा मन खुसी हुन्छ’ दुर्गेशले आर्टिष्ट खबरसँग कुरागर्दै भने ।

आँफैमा दृष्टिबिहीन नन्दा सिंहले बिगत डेढबर्ष देखी ९ अनाथबालबालिकाहरुलाई आवाससहित शिक्षा दिदै आएकी छिन् । ‘सहयोग गर्नका लागी संस्थाहरु त धेरे छन् तर अरु ठुलासंस्थामा अन्यले सहयोग गरिरहेको पाउँछु तर यहाँ नन्दा जी आँफैमा दृष्टिबिहिन हुनुहुँदो रहेछ, त्यो सुन्दा झनै मन छोयो, नन्दा जीको यति ठुलो कामको अगाडी मेरो यो सहयोग केहिपनि होइन’ दुर्गेशले भने । यस्तै उनले आगामि दिनमा फेरीपनि सहयोग गर्ने प्रतिबद्धता जनाए । इनर भिजन सञ्चालिका नन्दाले पनि दुर्गेशलाई सहयोगका लागी धन्यवाद शब्द ब्यक्त गरिन् । ‘यहाँ रहनुभएका बालबालिकाहरु जाजरकोट देखी रुकुम रोल्पा सम्मका हुनुहुन्छ, सबै अनाथ हुनुहुन्छ’ नन्दाले भनिन् । नन्दाले आफूहरुलाई खासै सहयोग नआउने पनि जानकारी गराइन् । ‘हामी सहयोग गरिदिनुस भन्दै हिडेका पनि छैनौं, कहिले तरकारी बेचेर पनि खर्च चलाएका छौं’ नन्दाले थपिन् । नन्दालाई सहयोग गर्न चाहानुहुनेले  +977-9848017007 मा सम्पर्क गर्न सकिनेछ ।

video: