आर्टिष्ट खबर/ माघ, काठमाडौं

चलचित्र ‘गुप्त’मा समावेश ‘म आँख मारिदिन्छु’ बोलको आइटम गीत सार्वजनिक भएको छ । केहि सस्पेन्स मोन्टाज सहितको गीतको भिडियोमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

सजन श्रेष्ठको संगीत रहेको गीत सहिमा श्रेष्ठले गाएकी छिन् । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् ।

हाल प्रदर्शन मिति भने घोषणा नगरिएको चलचित्रलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन्।राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । चलचित्रमा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय रहेको छ ।

song:

१७ माघ २०७५, बिहीबार ११:५३