एकसाथ भिड्दै ‘गोपी’,‘सयकडा दश’ र ‘रणवीर’,कुन हेर्ने ?

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आज शुक्रवारबाट तीन चलचित्र एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् । फरक बिधाका यी तीन चलचित्र हुन् ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ । केही वर्षदेखिनै साताको हरेक शुक्रवार दुईभन्दा बढी चलचित्र एकसाथ प्रर्दशनमा आउने गरेको छ । गीतसंगीत र ट्रेलरका कारण तीनै चलचित्रप्रति दर्शकको अपेक्षा धेरै छ । ‘गोपी’,‘रणवीर’ र ‘सयकडा दश’ ले सिंगल स्कृनसँगै मल्टिप्लेक्सहरुमा पनि राम्रो सोज हात पारेका छन् ।

'गोपी':

चलचित्र दीपेन्द्र लामा निर्देशित ‘गोपी’मा स्वदेशमै केहीगर्नुपर्छ र अथाह सम्भावना देखाएको छ । चलचित्रमा अभिनेता विपिन कार्की प्रमुख भूमिकामा रहेका छन् ।प्रत्येक चलचित्रमा फरक चरित्र निभाउने उनी यसमा एक गाईपालक युवकको भूमिकामा छन् ।चलचित्रमा गाइपालन गरेका गोपीले बढ्दो महँगी बेलामा दुध किसानले भोग्नुपरेको समस्या झेलेका छन् । नेपालमा पछिल्लो समय दुध उत्पादन किसानले दुधको उचित मुल्य नै पाउन नसक्दा पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ । विपिनकार्की, बर्षा राउत र सुरक्षापन्तको मुख्य भूमिका रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशनगरेका हुन् ।आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई सामीप्य राजतिमल्सेनाले लेखेका हुन् ।  नेपालका किसानहरुको वास्तविक समस्या देखाइएको चलचित्रमा भोलाराज सापकोटा, अंकित खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘सयकडा दश’

ट्रेलरका कारण प्रतिलक्षित बनेको चलचित्र ‘सयकडा दश’लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रले भष्ट्राचार विरुद्धको आवाज उठाएको छ । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल,अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्नेछ । चर्चित कमेडियन तथा अभिनेता मनोज गजुरेलको डेब्यु चलचित्र ‘सयकडा दश’मा  गजुरेलको अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक पाठक स्वयमले लेखेका हुन् । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय,संजीव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।

‘रणवीर’

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रले माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गर्नेछ । चलचित्रमा सुशील सिटौला,  प्रशान्त ताम्राकार, सुवेच्क्षा खड्का, सुपुस्पा भट्ट, नरेश पौडेल, टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको अभिनय रहेको छ । सुवेच्क्षा र सुपुस्पाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । 'प्राची फिल्मस्' र 'डिआर फिल्मस्' को ब्यानरमा निर्माण गरिएको चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको नृत्य समेटिएको छ । रणवीर प्रेम कथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक सिनेमा बनेको छ ।