छायाँकार हरी हुमागाईंको निर्देशनमा ‘सरौतो’

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

चलचित्र ‘सरौतो’को निर्माण घोषणा गरिएको छ ।आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरिएको हो । मोडलबाट अभिनयमा भित्रीएकाी सुमी मोक्तानलाई यस चलचित्रमा एक्सन अवतारमा देखिने बताइएको छ। लामो समयदेखि भिडियो, विज्ञापनमा छायाँकारको रुपमा पोक्त हुदै आएका हरी हुमागाईंले निर्देशन गर्ने यस चलचित्रमा सुमीसँग अभिनेता सन्नी सिंहले रोमान्स गर्ने भएका छन् । युवराज लामा, विजय लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहने यस चलचित्रको छायांकन माघ २२ गतेबाट सुरु हुने निर्माण टिमले जानकारी दिएका छन्। बताइए अनुसार चलचित्र काठमाडौं र बारामा खिचिनेछ ।

हरी हुमागाईं एक अनुभवी छायाँकार हुन् । उनले हालसम्मा २० भन्दा बढी चलचित्र उनले चलचित्र खिचिसकेका छन् । उनले घोषणा सभामा छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । निर्देशनमा आफ्नो पहिलो प्रयास भए पनि जुनसुकै हालतमा पनि उत्कृष्ट बनाउने उनले प्रतिबद्धता जनाए ।

उक्त सभामा अभिनेत्री सुमीले पनि चलचित्र बारे केही बोलेकी थिइन् । उनलृ भनिन् यस चलचित्रको लागि मैले करिब२ वर्षदेखि एक्सन ट्रेनिङ लिईरहेकी छु उनले चलचित्रमा मेरो भूमिका एकदमै चुनौतीपूर्ण रहेकोहुनाले चरित्रलाई न्याय गर्न इमान्दारपुर्वक लागिपरिरहनेछु । यसैक्रममा चलचित्रमा मुख्य भूमिकामा रहने अभिनेता सन्नीले आफुले निभाउने भूमिका राम्रो लागेको बताए । श्री महर्जनले निर्माण गर्ने यस चलचित्रमा उत्तम हुमागाईंको छायांकन , राघव कृष्ण गौतमको कथा, राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने छ ।