‘ए मेरो हजुर ३’ र ‘यात्रा’ जुध्ने ?

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’को आईतबार टिजर सार्वजनिक हुने तयारीमा छ । यति बेला अभिनेता अनमोल केसी अभिनित अर्को चलचित्र 'क्याप्टेन' प्रचारको दौडमा छ । फागूण १७ गतेबाट प्रर्दशनमा आउने 'क्याप्टेन'को प्रर्दशन अगावै निर्माता सुनिल कुमार थापाले चलचित्र ए मेरो हजुर ३ को टिजर सार्वजनिक गर्ने भएका छन् । यसरी हतारिएर टिजर सार्वजनिक गर्न लाग्नुको पछाडि केही कारण छ । चैत्रको २९ गते ‘ए मेरो हजुर ३’ प्रर्दशनमा आउँछ भन्नेमा थोरै मात्र मानिस विश्वस्त छन् । त्यसैले दोधारे अवस्था रहेको अवस्थामा निर्माताले टिजर सार्वजनिक गरेर चलचित्र निर्धारित मितिमा नै आउँछ भन्ने बिश्वास दिलाउन खोजेका हुन्।

चलचित्र प्रर्दशनमा आउँछ वा आउँदैन दोधार पर्नुको कारण हुन अनमोल केसी । उनले आफ्नो चलचित्र कम्तिमा पनि ६ महिनाको अन्तरमा हुने भनेर बोल्दै आएका छन् । तर, यसपटक भने अनमोल डेढ महिनाको अन्तरमा २ चलचित्र 'क्याप्टेन' र  ‘ए मेरो हजुर ३’ लिएर आउँदैछन् । सुनिल कुमार थापाको निर्माणमा तयार भएको यो ‘ए मेरो हजुर ३’लाई झरना थापाले निर्देशन गरेकी हुन् । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्रको टिजर सार्वजनिक भएको एक सातामै सुहानाको सोलो नृत्य रहेको एउटा गीत सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ ।

चैत्र २९ गते नै अभिनेता सलिनमान बनियाँ  मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘यात्रा’ पनि प्रर्दशनमा आउँदैछ । सोही मितिमा आफू पनि आउँदैछु भनेर स्पष्ट पार्न सुनिलले चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गर्न लागेका हुन् । यो चलचित्रमा सुनिलकी छोरी सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा छन् । लभ स्टोरी कथालाई उठान गरिएको यस चलचित्रले दर्शकको मन अझै जित्ने अपेक्षा गरेको झरनाले बताएकी छिन् । उनी निर्देशित चलचित्र 'ए मेरो हजुर २'ले राम्रो प्रतिक्रिया पाएपछि उनले यस चलचित्रले पनि ले दर्शकको मन जित्ने अपेक्षा गरेकी हुन् ।