लण्डनमा सुरु भयो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

आर्टिष्ट खबर/ माघ, काठमाडौं

बेलायतको राजधानी लण्डनमा सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु भएको छ । केही दिन अगाडि कलाकार र निर्माण टिम चलचित्रका छायांकनका लागि लण्डन पुगेका थिए । लण्डनमै करिब ५० दिनको छायांकन चल्ने निर्देशक थापाले बताएका छन् । चलचित्र छायांकन सुरु गर्नु भन्दा पहिलै चलचित्रका कलाकार र टिमले क्यामेरा पुजा गरे। पुजा गरिसकेपछि चलचित्रमा लिड रोलमा रहने अभिनेत्री पूजा शर्मा र नव–अभिनेता सोनम तोप्देनले पहिलो सर्ट दिए। 'एबी इन्टरनेशल ब्यानर'मा निर्माण हुन लागेको चलचित्रमा सोनम र पूजाको अलवा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रको छायांकन लण्डन, स्कटल्याण्ड र वेल्समा हुने निर्देशक थापाले बताएका छन् । बेलायतपछि छायांकन नेपालको मुस्ताङमा हुनेछ । परि राना र अजितकुमार थापाको सह–निर्माण बन्न लागेको चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यस चलचित्रमा अमित बस्नेतको लगानी रहेको छ भने चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल रहेका छन् ।