चलचित्रको बेलामा मात्र महोत्सव ?

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

‘करिब १० मिनेट स्टेजमा बिताएका अनमोलले स्टेजबाटै दर्शकसँग ‘क्याप्टेन कहिले रिलिज हुन्छ ? फागूण १७ मा कुन चलचित्र आउँछ? जस्ता प्रश्न गरेका थिए । उनी चलचित्रको प्रमोशन बाहेक अन्य समयमा महोत्सवमा जादैनन् ।

अहिले नेपाली चलचित्रक्षेत्रमा युवास्टार अनमोल केसीलाई लिएर चलचित्र निर्माण गर्न निर्माताहरु हानथाप नै गर्छन् । जति पैसा दिएर भएपनि अनमोललाई चलचित्रमा अभिनय गराउन कुनैपनि निर्माता पछि हटेका हुँदैनन् । निर्माताहरुले धेरै दिएरै उनको पारिश्रमिक अहिले ५० लाख भन्दा बढी पुगिसकेको छ । एकपछि अर्को चलचित्र सफल हुँदै जानु यसको मुख्य कारण पनि हो ।

अहिलेसम्म आधा दर्जन चलचित्रमा काम गरेका अनमोलको आउँदो फागुन १७ गतेबाट नयाँ चलचित्र ‘क्याप्टेन’ रिलिज हुँदैछ । अभिनेता भूवन केसी निर्माता रहेको यो चलचित्र कसरी सफल बनाउन सकिन्छ भन्नेमा भूवनले कुनै कसुर बाँकी राखेका छैनन् । यो भन्दा अघिको अनमोलको ‘कृ’ चलचित्र जुन रुपले सोचेका थिए त्यो रुपमा सफल हुन नसक्दा भूवनका लागी ‘क्याप्टेन’ सफल बनाउनु टाउको दुखाईको बिषय पनि बनेको छ । त्यसमाथि अनमोल ‘क्याप्टेन’मा अहिलेसम्मकै फरक भूमिकामा देखिएका छन् । चकलेटी नायक फुटबल खेलाडीको रुपमा पहिलो पटक आउँदा दर्शकले कत्तिको स्विकार्छन् भन्नेमा भूवन र अनमोल दुबैको मनमा डर पनि छ । हुनत केहि समय अघि सार्वजनिक चलचित्रको ट्रेलरको सकारात्मक प्रतिक्रियाले उक्त डर केहि हदसम्म हटाएपनि चलचित्र प्रदर्शन नहुन्जेलसम्म डर पुर्णरुपमा हट्नेछैन ।

अहिले निर्माता भूवन र नायक अनमोल चलचित्र सफल बनाउनका लागी प्रमोशनलाई तिब्रता दिइरहेका छन् । केहिसमय अघि चलचित्रका सार्वजनिक ट्रेलर तथा गीत सार्वजनिकमा पनि अनमोललाई निकै फरक तरिकाले प्रस्तुत गर्दै आइएको थियो । जसले गर्दा मिडियामा अनमोलका समाचार निकै बनेका पनि थिए । अब प्रदर्शनको मिति नजिकिदै गर्दा अनमोलले चलचित्रको प्रसार ठुलो मासमा गर्न लागेका छन् ।

अनमोल आइतबार नेपालगञ्जमा चलिरहेको ‘व्यापार एंव पर्यटक महोत्सव २०७५’ मा ‘क्याप्टेन’को प्रसार गर्न पुगे । बिस हजार दर्शकका अगाडी उनले ‘क्याप्टेन’को भरपुर प्रचार गरे । आयोजकले केहिदिन अघि देखीनै महोत्सवमा अनमोल आउने भन्दै प्रसार गरिरहेकाले दर्शकको बाक्लो उपस्थिती थियो । करिब १० मिनेट स्टेजमा बिताएका अनमोलले स्टेजबाटै दर्शकसँग ‘क्याप्टेन कहिले रिलिज हुन्छ ? फागूण १७ मा कुन चलचित्र आउँछ ? जस्ता प्रश्न गरेका थिए । स्टेजबाटै उनले दर्शकसँगको सेल्फि पनि खिचेका थिए । स्टेजमा उनले ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत पनि गाएका थिए । यस्तै, उनले चलचित्र ‘कृ’मा समावेश ‘यति यति पानी’ बोलको गीतमा नृत्य समेत गरेका थिए । महोत्सवमा अनमोललाई प्रहरीले उच्च सुरक्षा दिएको थियो ।

अनमोल चलचित्रको प्रसार बाहेक अन्य बेला मेलामहोत्सवमा हिड्ने गर्दैनन् । उनी चर्को पारिश्रमिक दिएपनि कुनै महोत्सवमा जादैनन् । तर चलचित्रको प्रमोशनका लागी उनी महोत्सवमा पुगे । उनी चलचित्र प्रमोशनको बाध्यताले महोत्सवमा पुगेका हुन् । हजारौं दर्शकलाई एकैपटक चलचित्रबारे जानकारी दिन पाइने भएकाले महोत्सव रोजेको बुझ्न सकिन्छ ।

सुवास लामिछानेले डेस्टिनी क्रियशनसँग सहकार्य गरेर प्रदर्शन गर्न लागेको चलचित्र नेपालमा रिलिज भए लगत्तै जापानको टोकियोमा पनि मार्च १७ मा रिलिज हुने पक्का भएको छ । दीवाकर भट्टराईको लेखक तथा निर्देशक रहेको चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी अनमोलको अपोजिटमा छन् । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।