प्रेम दिवसमा दर्शकलाई प्रदीप- जसिताले दिए ‘घाम जुन’ (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बिहीबार प्रेम दिवसको अवसर पारेर युवास्टार प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिँदैन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । भिडियोमा प्रदीप र जसिता घाम र जुनको कुरा गर्दै प्रेममा डुबेका छन् ।

भिडियोको छायाँकन भियतनामको दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बाली जस्ता रमणीय ठाउँहरुमा गरिएको छ । उक्त ठाउँहरुमा यसअघि दर्जनौं हलिउड चलचित्रहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको शाही बताउँछन् ।

प्रदीपले भ्यालेन्टाइनको दिन सबै दर्शकका लागी उपहार स्वरुप चलचित्रको गीत सार्वजनिक गरेको जानकारी दिए । पारिवारिक प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ कथामा आधारित रहेको प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको यो चलचित्र परिपक्क बनेको पनि उनले बताए, ‘लिली बिलीबाट दर्शकले साह्रै मायाँ गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन उहाँहरुले लभ स्टेशनबाट त्यो भन्दा सार्थक रुपमा पर्दामा यहाँहरुले देख्न पाउनु हुनेछ।’ प्रदीपले भने ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । चलचित्र आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

song: