युएईका ११ हलमा प्रदर्शन हुँदै ‘प्रसाद’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘प्रसाद’ युएईमा ११ वटा हलमा प्रदर्शन भएको छ । ‘प्रेम दिवस’ को अवसर पारेर बिहीवारबाट यूएईका हलिउड र बलिउड चलचित्र रिलिज हुने हलमा फिल्म प्रदर्शनमा आएको हो ।

विकास नेटवर्क मार्फत् विकास सुवेदी र आशिष पुरुषले यूएईमा भित्राएको ‘प्रसाद’ को पहिलो र दोस्रो दिनको सोज हाउसफुल भएको जानकारी आएको छ । चलचित्र हेर्ने दर्शकको संख्यामा हरेक दिन वृद्धि भइरहेको विकासले बताए ।

यो चलचित्र ‘बलिउड सिनेमा हल’ मा समेत प्रदर्शनमा आएको छ । ‘प्रसाद’ले नेपालमा मात्र नभइ विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । चलचित्रको अष्ट्रेलियामा नियमित ३५ सो भइसकेको छ । अन्य देशमा पनि फिल्मको माग चर्को छ । चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् ।