राजु मास्टको फेसबुक ह्याक, अश्लिल दृश्यहरु पोष्ट भएपछि…

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोकप्रिय कलाकार राजु पौडेल अर्थात राजु मास्टरको फेसबुक ह्याक भएको छ । हाँस्य टेलिसिरियल मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेलको राजु मास्टर नाममा विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएको उनले मिडियालाई जानकारी गराएका छन् । शुक्रबार वेलुकी ६ बजेदेखि ह्याक भएको भन्दै राजुले प्रहरीमा उजुरी समेत दिएको जानकारी दिए ।

ह्याकरले फेसबुकमार्फत विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरेपछि पौडेलले प्रहरीको टेकुस्थित कार्यालय पुगेर उजुरी दर्ता गरेको बताएका छन्  । विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् । उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकहरुलाई सचेत गराउँदै नयाँ फेसबुक खोलिएको र पुरानो फेसबुक आइडिमा ब्लक गरिदिन आग्रह गरेका छन् ।

‘मलाई आफ्नै साथीभाईले फोन गरेर तपाईको फेसबुकमा अश्लि तस्बिरहरु पोष्ट भएका छन् के गरेको भन्दा म छाँगाबाट खसेजस्तो भएँ, आफ्नै फेसबुकको पासवर्ड आफैसँग छैन, कहाँ जाने र कसलाई भन्ने भयो’ राजुले भने । उनले पुरानो आईडी ह्याक भएपछि नयाँ खोलेको पनि जानकारी गराएका छन् । यस्तै पुरानो आईडीमा रहेका साथीहरुलाई उक्त आईडीको साथीबाट हटाई नयाँमा जोडिन आग्रह समेत गरे । ‘साथीभाईहरुसँग कम्मुनिकेशनमा रहन निकै सजिलो माध्यम हो फेसबुक । एक्कासी बिदेशी ब्यक्तिको नामबाट ह्याक भयो, अहिले प्रहरीलाई गुहारेको छु, आशा छ छिट्टै समस्या समाधान हुनेछ’ राजुले थपे । उनको पुरानो आईडीमा पाँच हजार साथी र नौ हजार बढी फ्लोअर्स थिए । राजु मेरिबास्सैका स्क्रिप्ट लेखक, कलाकार तथा निर्देशक पनि हुन् ।