भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

८६ बर्षिय भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन भएको छ । पोखरेल गएको माघ महिनायतता मस्तिष्क पक्षघात भएपछि उपचार गर्दै आएका थिए । स्वास्थ्यस्थिीत बढी चटिल हुन थालेपछि नोबेल मेडिकल कलेज लैजाने क्रममा डेढ बजे पोखरेलको विराटनगरस्थित आफ्नै निवासमा शनिबार मध्यराति निधन भएको हो । अस्पताल लगेपनि इसिजी गरेर हेर्दा पोखरेलको निधन भएको चिकित्सकले घोषणा गरेका थिए ।

पोखरेलको अन्तिम संस्कार आइतबार विराटनगरस्थित परोपकार घाटमा गरियो । उनी नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, नेपाली भाषाको अनुसन्धानधाता तथा साहित्यकारसमेत थिए । पोखरेलका एक छोरा–बुहारी र दुई छोरी छन् । पत्नी शान्तादेवीको २०६७ सालमा निधन भएको थियो ।

सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा जन्मिएका पोखरेल न्यायाधीश शारदाप्रसाद पोखरेल र छायादेवीका साहिँला छोरा थिए । प्रारम्भिक अध्ययन विराटनगरको त्रिजुद्ध हाइस्कुलबाट सुरु गरेका पोखरेल सानैदेखि मेधावी थिए । साहित्यको अध्ययन र लेखनमा रुचि राख्दथे । सन् १९४६ देखि लेखन प्रारम्भ गरेका उनको कविता, कथा र उपन्यास चर्चित छन् । उनले ‘नेपाली भाषा र साहित्य’ नामको शोधमूलक ग्रन्थका लागि २०२१ सालमा मदन पुरस्कार प्राप्त गरे । उनका दर्जनौ कृतिहरु प्रकाशित छन् ।