९१ औं अस्कर फिल्म अवार्ड समापन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

९१ औं अस्कर फिल्म अवार्ड सोमवार समापन भएको छ । डल्बी थिएटरमा आयोजित अवार्ड समारोहबाट ‘ग्रीनबुक’ले बेस्ट फिल्मको अवार्ड पाउन सफल भयो । यस्तै, बेस्ट लिड एक्ट्रेसको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड ‘द फेभरि’ मा सानदार अभिनयका लागि दिइएको हो ।

‘बोहेमियन र्यापसोडी’ का लागि रमी मालेकले बेस्ट लिड एक्टरको अवार्ड चुमेका छन् । यो वर्ष ‘रोमा’ लाई सबैभन्दा बढी १० अलग–अलग क्याटगरीमा नोमिनेट गरिएको थियो । यसले पहिलो अस्कर अवार्डको इतिहासमा ‘अल अबाउट इभ’, ‘टाइट्यानिक’ र ‘ला ला ल्याण्ड’ भन्दा बढी नोमिनेशन भएको फिल्म बनिसकेको छ ।

उत्कृष्ट निर्देशकको अवार्ड ‘रोमा’ बाट अल्फोन्सो क्यूरोले उचाले भने स्पाइक लीले एडप्टेड पटकथा विधामा ‘ब्ल्याकान्सम्यान’ बाट अवार्ड जिते । यस्तै, ओरजिनल स्क्रिनप्ले भने ‘ग्रीनबुक’ को पोल्टामा गयो बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड  ‘इफ बील स्ट्रीट कुड टक’ बाट रेजिना किङले जितिन् । भने, बेस्ट फरेन ल्याङ्ग्वेज फिल्मको अवार्ड ‘रोमा’ ले उचाल्यो । बेस्ट सिनेम्याटोग्राफीको अवार्ड पनि ‘रोमा’ बाटै अल्फान्सो क्वारोनको हातमा प¥यो । लेडी गागाले भने ‘अ स्टार इन’ बाट ओरजिनल गीत विधामा अवार्ड जितिन् । बेस्ट एनिमेटेड फिचर फिल्मको अवार्ड ‘स्पाइडर म्यान स् इनटू द स्पाइडर वर्स’ ले उचाल्दा बेस्ट सपोर्टिङ एक्टरको विधामा फिल्म ‘ग्रीनबुक’ बाट मरशैला अलीले अवार्ड चुमे ।