लामो समयपछि ‘सिजन्स ब्याण्ड’ दर्शकमाझ फर्कियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ । २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तिया एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समुह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समुहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो ।

सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन् । चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि संगीत निर्माण व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समुहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समुहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आवद्ध छन् । अर्का सदस्य चन्द्र लामा समुहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभूमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् । विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ ।