कार दुर्घटनामा परेकी मोडल निशालाई नायिका सपनाको ५० हजार सहयोग

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

भारतमा नृत्य पढ्ने क्रममा सवारी दुर्घटनामा परी उपचार गराइरहेकी मोडल निशा घिमिरेलाई नायिका सपना लामिछानेले आर्थिक सहयोग गरेकी छिन्  । राजधानीको ट्रमा सेन्टरमा उपचार गराइरहेकी निशालाई सपनाले आफ्नो ब्यक्तिगत तर्फबाट रु. पचास हजार उनका बुबालाई हस्तान्तरण गरिन् ।गएको पुस १८ गते भारतको देहेरादुनमा कार दुर्घटनाबाट घाइते भएकी निशालाई १८ दिनसम्म भारतमै उपचार गरिएको र आर्थिकस्थितीले धान्न गाह्रो परेपछि नेपाल ल्याई माघ ७ गतेबाट राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

सपनाले आर्थिक सहयोग गर्दै निशाको शिघ्र स्वास्थ्य लाभको कामना गरिन् । ‘हामी पहिले देखी नै मिल्ने साथी पनि थियौं, आज यस्तो अवस्थामा देख्दा निकै रोएकी छु । मैले सक्ने सहयोग गरेकी हुँ’ सपनाले भनिन् । यस्तै उनले अन्य कलाकार तथा सहयोगी मनहरुलाई पनि सहयोग गरिदिन् आग्रह गरिन् । ‘कलाकारितामा केहि गर्छु भनेर लागेकी निशाको जीवन बचाइदिन सम्पुर्णमा आग्रह गर्छु’ सपनाले थपिन् । निशाले एकदर्जन बढी म्युजीक भिडियोहरुमा मोडलिङ गरेकी छिन् ।

निशाका बुबा प्रेम प्रसाद घिमिरेले पनि घरको आर्थिकस्थिती कमजोर भएकाले हात फजाउनु परेको बताए । ‘सुरुवातका दिनबाटै खर्च धेरै भयो, गाउँमा भएको घरजग्गा धितो राखेर छोरीको उपचार गराइरहेको छु’ उनले भने । उनका अनुसार निशाको स्वास्थय निको यहि समयमा हुन्छ भन्ने टुंगो लागेको छैन ।

video: