‘बाहुबली’भन्दा उत्कृष्ट चलचित्र बनाउदै राजामौली

मुम्बई , एजेन्सी ।

प्रि-पोडक्सनमा लामो समय बिताउने निर्देशकको रुपमा चिनिने बलिउडका चर्चित निर्देशक एसएस राजामौली दर्शकलाई अचम्मित पार्ने अर्को सुपरहिट चलचित्र 'आरआरआर' लिएर दर्शक माझ आउने भएका छन् । यसअघि ‘बाहुबली’जस्तो सुपरहिट चलचित्र दिएका उनले ‘आरआरआर’को बारेमा केही समय अघि एक ईन्टरभ्युमार्फत खुलासा गरेका थिए । तर उक्त चलचित्र बनाउन अझै एक वर्ष जति लाग्ने र चलचित्रले दर्शकलाई अचम्मित पार्ने बताएका छन् । उनलाई  बाहुबलीको निर्माण गर्नमा पाँच वर्ष लागेको थियो भने यसको प्रि-प्रोडक्सनको लागि डेढ वर्ष लागेको थियो । उनले आफ्नो नयाँ चलचित्र 'आरआरआर'को प्रि-प्रोडक्सनको लागि पनि एक वर्षको समय तोकेका छन् ।

एसएसले बताएअनुसार यस चलचित्र बाहुबलीभन्दा पनि उत्कृष्ट कथामा बन्नेछ। चलचित्रमा तेलगु सुपरस्टार रामचरण र जुनियर एनटीआर एकसाथ देखिनेछन् । सन् २०२०मा प्रर्दशनमा आउने यस प्रतिलक्षित चलचित्रको बजेट करिब ३ सय करोड हुने बताइएको छ र उक्त चलचित्र ६ भाषामा प्रर्दशन हुनेछ ।दर्शकको मन छुने दमदार कथाका रचनाकार राजामौली आफ्नो कथाबस्तुको कारण बलिउडमा निकै हिट छन् ।