‘यात्रा’ प्रमोशनका लागी हेटौडा पुगे सलिनमान

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्रको प्रमोशनका लागी नायक सलिनमान बनियाँ हेटौडामा जारि औधोगिक मेलामा पुगेका छन् । फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको बेला सलिनमानले आफ्नो आउँदै गरेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को चर्चा गरे । प्रचारप्रसारको लागि टिम सहित पुगेका थिए ।

सलिनसँगै सलोन बस्नेत,मलिका महत,जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए । सलिन झन्डै १० मिनेट स्टेजमा रहदा  उनले फिल्मकै गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै आफ्नो फिल्मको डायलग समेत सुनाएका थिए । हेटौडामा पहिलो पटक चकलेटी हिरोलाई देख्दा स्थानीयले भरपुर स्वागत गरेका थिए । उनले ’नमस्ते हेटौडा’ भन्दै गर्दा हेटौडाका दर्शकले ठुलो स्वरमा नमस्ते फर्काएका थिए ।

उपस्थित सम्पूर्ण कलाकारले चट्ट रुमालमा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए । उनले पनि आफ्ना फेमश डायलग सूनाएका थिए । सलिन भ्ल्गिस्टको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल ,नानीकाजी डंगोल ,राजेश बिसुराल , इश्वर पौडेल ,देशभक्त खनाल ,कमल मैनाली ,सौगात शर्मा लगायतको अभिनय रहनेछ ।