सरु गौतमले गरिन् ‘प्रेम प्रस्ताव’ सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायिका सरु गौतमले दर्शकमाझ नयाँ गीत लिएर आएकी छिन् । ‘प्रेम प्रस्ताव’ बोलको गीतमा उनलाई ध्रुब बिस्कोले साथ दिएका छन् । गीतमा दुई जनाको प्रेमको कुरा गरिएको छ । गीतमा ध्रुबले सरुलाई आफ्नो प्रेम प्रस्तावलाई स्वागत गर्न आग्रह गरेका छन् ।

कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन् । देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफीमा बनेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । भिडियो उत्सव दाहालले छायाँकन गरेका हुन् ।

सरुका यो भन्दा अघिका ‘के यो माया हो, काज दाजै, कुन गीत गाउँ, तीम घाती भयौं’ लगायतका गीत दर्शक तथा स्रोताले मन पराएको पाइन्छ ।

video: