संस्कृतिविद् सत्यमोहन जोशी सम्मानीत

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

मंगलबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच संस्कृतिविद् एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्धारा १ लाख एक हजार रुपैयाँ नगद राशीसहित सम्मान गरिएको छ । विदेशमा बसेर पनि नेपाली लोक साहित्यमा योगदान गर्ने व्यक्तिलाई १ हजार १ युएस डलर र नेपालमा बसेर योगदानगर्ने व्यक्तित्वलाई हरेक वर्ष १ लाख एक हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिँदै आइएको कार्यक्रममा संस्थापक महेश्वर पन्तले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कालीभक्त पन्त नेपाली लोक साहित्यका नक्षत्र भएको बताए । सम्मानित व्यक्तित्व सत्यमोहन जोशीले कालीभक्त पन्तको प्रेरणाले नै आफू यस क्षेत्रमा लागेको स्मरण गरे । प्रतिष्ठानका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा साहित्यकार गोपीकृष्ण, किशोर पहाडी, गोविन्द गिरी प्रेरणाले पनि बोलेका थिए । कार्यक्रममा महेश्वर पन्तको दोस्रो कथा कृति ‘नबोल्नेहरू’को  पनि लोकार्पण गरिएको थियो ।