नेपाली कथानक‘अघोरी’को निर्माण घोषणा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली चलचित्र ‘अघोरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा नेपाली कथानक  ‘अघोरी’ को स्क्रिप्ट पूजा गर्दै मुहूर्त सट लिइएको हो । कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त सट दिएका थिए । बिलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.का लागि राधादेवी कटुवालले यो चलचित्रको निर्माण गर्न लागेकी हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । चैत्र १ देखि सुटिङ फ्लोर जाने यस फिल्ममा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ । यसै चलचित्रबाट शारदा राज्यलक्ष्मी र मुनम मल्लले डेव्यु गर्न लागेका हुन् । ‘अघोरी’ को चरित्र भने कलाकार प्रज्वल गिरीले निर्वाह गर्नेछन् ।

फिल्मको विषयमा संक्षिप्त जानकारी दिदै निर्देशक कटुवालले भने, ‘अघोरीले पञ्चायतकालको परिवेशमा रहेर द्धन्दात्मक प्रेम कथा पर्दामा बोल्नेछ । चलचित्रमा ग्रामिण भेगको कथा हामी पस्किदैछौ ।’ यो फिल्मलाई पवन गौतमले खिच्नेछन् । झण्डै ३५ दिनको सुटिङ सेड्युअल लिएर फ्लोरमा उत्रन लागेको यो फिल्मको छायांकन काठमाण्डौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा गरिनेछ । चलचित्रमा राजु किरातको द्धन्द निर्देशन रहनेछ । चलचित्रको गीतमा संगीत भने दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईले दिनेछन् ।

आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखिएको यो फिल्म झण्डै ७० लाखको बजेटमा निर्माण गर्न लागिएको हो । एक दशक देखि फिल्म क्षेत्रमा एसिस्टेन्स डिरेक्टर भएर काम गरेका भोमन कटुवालले यस अघि ‘झमक बहादुर’, ‘बन्ठे’ र ‘भिमसेन’ निर्देशन गरिसकेका छन् ।