दुई निर्माता संघको एकिकरण

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

नेपाली चलचित्र निर्माताहरुको दुई संघ चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपाल बिच एकिकरण भएको छ । बुधबार चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्का बिच ९ बुँधे सहमति भएको हो ।

नेपाल चलचित्र निर्माता संघमा लाखौं रुपैयाँ हिनामिना गरिएको, नेपाली फिल्मका निर्माताको हकमा संघले काम नगरेको, संघलाई पूर्ण निश्क्रिय तुल्याएर अस्तित्व मेट्ने तयारी गरिएको जस्ता विभिन्न कारण देखाउँदै राजकुमार राई अध्यक्ष रहेको बेला नवलले आफ्नो अध्यक्षतामा नयाँ निर्माता संघ गठन गरेका थिए ।

नवलको संघले राख्दै आएका एजेन्डा र मागलाई आकाश नेतृत्वको निर्माता संघले सम्बोधन गरेपछि दुई संघबीच एकीकरण भएको हो । नेपाल निर्माता संघको चैत २ मा सम्पन्न हुने १५औँ वार्षिक साधारणसभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेज हुने जारी विज्ञप्तीमा उल्लेख छ । नवलको संघले तोकेको तीन निर्मातालाई अधिकारी नेतृत्वको संघको विधानअनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने सम्झौता भएको छ ।

साथै, चलचित्र निर्माता संघ नेपालले तोकेको अर्को दुई जनालाई नेपाल चलचित्र निर्माता संघको विधानअनुसार वरिष्ठ उपाध्यक्षसहित एक जनालाई उपाध्यक्ष पदमा मनोनीत गरिने, चलचित्र निर्माताले चलचित्र हलबाट ६० प्रतिशत शेयर पाउने वातावरण तयार पार्ने, राष्ट्रिय चलचित्र नीति २०७१ र बक्स अफिस कार्यान्वयनमा जोड दिइनेलगायतका बुँदामा दुई संघबीच कागजी सम्झौता भएको छ ।