अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘लभ स्टेशन’

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र 'लभ स्टेशन' बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । पोष्टर, गीत र ट्रेलर प्रर्दशन भएपछि पाएको चर्चासँगै बिदेशमा चलचित्र प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो । नयाँ वर्षको अबसर पारेर देशव्यापी प्रदर्शनमा आउँने चलचित्र 'लभ स्टेशन'लाई सोही मिती परिसरमै बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ ।

यसै क्रममा 'लभ स्टेशन'लाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ । लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।

ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु)र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  ।

आलोक शुक्लाको छायाँकन रहेको 'लभ स्टेशनमा' शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको  छ। अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको चलचित्र आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।