एसएस राजामौलीको ‘आरआरआर’मा आलिया र अजय जोडिए

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित निर्देशक एसएस राजामौली अर्को चलचित्र 'आरआरआर' लिएर दर्शक माझ आउने भएका छन् । अडियन्सलाई ‘बाहुबली’ जस्तो सुपरहिट चलचित्र दिएका उनले एक ईन्टरभ्युमार्फत ‘आरआरआर’को बारेमा केही खुलासा गरेका थिए । तर उक्त चलचित्र बनाउन अझै एक वर्ष जति लाग्ने र चलचित्रले दर्शकलाई अचम्मित पार्ने बताएका छन् । उनलाई  बाहुबलीको निर्माण गर्नमा पाँच वर्ष लागेको थियो भने यसको प्रि-प्रोडक्सनको लागि डेढ वर्ष लागेको थियो । उनले आफ्नो नयाँ चलचित्र 'आरआरआर'को प्रि-प्रोडक्सनको लागि पनि एक वर्षको समय तोकेका छन् ।

'आरआरआर' बाहुबली जस्तै  ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। बाहुबली काल्पनिक कथा हो भने 'आरआरआर' वास्तविक पात्रमा आधारित छ। चलचित्र सन् १८८२ मा मद्रासको आदीवासी समुदायले सुरू गरेको स्वतन्त्रता आन्दोलनमा आधारित छ। यसमा दुई पात्र छन्  अल्लुरी सीताराम राजु र कोमाराम भीम।

एसएसले बताएअनुसार यस चलचित्र बाहुबलीभन्दा पनि उत्कृष्ट कथामा बन्नेछ। चलचित्रमा तेलगु सुपरस्टार रामचरण र जुनियर एनटीआर एकसाथ देखिनेछन् । सन् २०२०, जुलाई, ३० मा प्रर्दशनमा आउने यस प्रतिलक्षित चलचित्रको बजेट करिब ३ सय करोड हुने बताइएको छ र उक्त चलचित्र ६ भाषामा प्रर्दशन हुनेछ ।दर्शकको मन छुने दमदार कथाका रचनाकार राजामौली आफ्नो कथाबस्तुको कारण बलिउडमा निकै हिट छन् ।

‘आरआरआर’को लागि राम चरण र जुनियर एनटिआर सुरुवातमा नै पक्का थिए ।अभिनेत्रीको लागि भने बलिउड अभिनेत्री परिणिती चोपडादेखि नयाँ पुस्तामा जान्वी कपुरलाई चलचित्रको अफर पुगेको थियो । तर, अन्त्यमा चलचित्रका लागि आलिया भट्ट पक्का भएकी छिन् । आलिया चलचित्रमा समावेश भएसँगै बलिउडमा अर्का स्टार अजय देवगन पनि चलचित्रमा जोडिएका छन् । अजय चलचित्रको मुख्य भूमिकाका लागि छनोट भएका होइनन् । .उनले केमियो भूमिका निर्वाह गर्नेछन् । चलचित्रमा उनको भूमिका सानो भएपनि महत्वपूर्ण रहेको निर्माण टिमले बताएका छन् ।