जग्गा दलाल बने नाजिर

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यही ८ चैतबाट प्रदर्शन हुने चलचित्र ‘कागजपत्र’मा अभिनेता नाजिर हुसेन मुख्य भूमिकामा छन् । जग्गा दलालको भूमिकामा रहेका उनी अभिनेत्री शिल्पा मास्केको प्रेमीको भूमिकामा छन् । जग्गा दलालको भूमिका निर्वाह गर्न उनले जग्गा दलालहरूसँग काम गरेको अनुभव सुनाएका छन् ।

कुनै पनि पेसाको भूमिका निर्वाह गर्न सो पेसाबारे कलाकारले बुझ्न आवश्यक छ । त्यो पेसासँग केहीसमय आबद्ध भएको खण्डमा सम्बन्धित भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कलाकारहरूको विश्वास छ । जग्गा दलालको भूमिका निर्वाह गर्न नाजिर ले जग्गा दलालहरूसँग काम गरेको अनुभव सुनाएका छन् । उनले भने 'चलचित्रमा यो भूमिका निर्वाह गर्नुअघि मलाई जग्गा दलालीबारे ज्ञान थिएन । घरजग्गा किनबेच गर्नेहरूको आफ्नै प्रकारको भाषा हुन्छ र उनीहरूले सामान्य घरजग्गालाई पनि निकै राम्रो भनेर बेच्न सक्छन्। मैले फिल्म कागजपत्रको घरजग्गा दलाली भूमिका निर्वाह गर्न उनीहरूसँग संगत गर्दा यो कुरा जानकारी पाएँ ।’

नाजिरले घरजग्गाको चरित्रबारे अध्ययन गर्दाको अनुभव यसरी सुनाए, ‘सुरुमा त घर चाहियो भनेर घरजग्गा दलाललाई भेट्दै काठमाडौं उपत्यकामा चार–पाँच ठाउँ घर पनि हेरें । त्यसपछि घरजग्गा बेच्ने केही व्यक्तसँगै हिँडेर घरजग्गा दलालीका रूपमा एक–दुई दिन मोलतोल पनि गरें ।’ यसरी घरजग्गाका  कारोबारीसँगको संगतले आफू चलचित्र कागजपत्रमा घरजग्गा दलालको भूमिकामा प्रस्तुत हुन सकेको उनले बताए।दुई महिनाअघि प्रदर्शन भएको चलचित्र गरुड पुराणको बेलामा यी अभिनेता विदेशमा थिए । सोही कारण गरुड पुराणको प्रचारमा उनले समय नदिएको बताए । तर, उनले चलचित्र कागजपत्रको प्रचारमा पूरा समय दिएका छन् । आफूले मिहिनेत गरेको मध्यको चलचित्र कागजपत्र पनि भएको यी अभिनेताले बताएका छन् । नाजिरका अनुसार यो चलचित्रमा उनलाई सुरुमा सहायक भूमिकामा खेल्नुपर्छ भन्ने निर्देशक अपिल विष्टको प्रस्ताव थियो । ‘त्यो प्रस्ताव मैले स्विकारें । पछि फिल्मको स्क्रिप्ट पढ्दा त मेरो मुख्य भूमिका नै पो रहेछ,’ उनले भने ।

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले संयुक्तले निर्माण गरेका चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह९निर्माताको रुपमा रहेको चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको छ। इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र वल्र्डवाइड फिल्मस र अस सिनेमाुको संयूक्त व्यानरमा निर्माण भएको हो। जीवन भट्टराई, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सको छायाकंन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।