एसइइ डान्स च्याम्पियनशिप हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

एसईई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गर्दै ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ आयोजना गरिने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आउँदो बैशाख १० गतेबाट २५ गतेसम्म देशका विभिन्न शहरमा अडिसन हुने र अडिसनबाट ६० जनालाई टिभी राउण्डमा ल्याइने बताइयो ।

नृत्य मनोरञ्जनको साधन मात्र नभई शिप सहितको शिक्षा हो भन्ने सर्वब्यापी मान्यतालाई स्थापित गराउने उद्धेश्यसहित कार्यक्रम गर्न लागिएको कार्यक्रमका परिकल्पनाकार महेश गोदारले बताए । टिभी राउण्डमा आएका ६० जनालाई प्लस टु पढनका लागि शत प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए । कार्यक्रममा विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर प्रदान गरिनेछ । त्यस्तै उपविजेतालाई नगद ३० हजार, तृतियलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

म्याम्स टिभिका महाप्रवन्धक दिनेश सुवेदीले अभिभावक र हाम्रो समाजमा नृत्य शिक्षा स्थापित गर्नका लागि सहकार्य गरिएको बताए । कार्यक्रममा भोटिङ राउण्ड नहुने बताउँदै निष्पक्ष निर्णय हुने उनले बताए । कार्यक्रमको निर्णायक भूमिकामा कोरियोग्राफर गम्भिर विष्ट, नन्दा बस्याल र प्रेम श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका, राष्ट्रिय नाँचघरका महाप्रवन्धक राजेश थापा, वरिष्ठ नृत्य निर्देशक राजु शाह, कमल राई, भुवनदास श्रेष्ठ लगायतले शुभकामना दिँदै नृत्यको विकासका लागि राज्य अझपनि गम्भिर बन्न नसकेको बताएका थिए । उनिहरुले नेपालका कला, संगीतसम्बन्धि छुट्टै विश्वविद्यालयको स्थापना हुनुपर्ने बताए । साथै विद्यालयमा अतिरिक्त क्रियाकलापमा मात्र नभई नृत्य, संगीतलाई अतिरिक्त पाठयक्रममा समावेश गरिनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।कार्यक्रमको निर्यायकमा गम्भीर विष्ट, नन्दा बश्याल,प्रेम श्रेष्ठ रहेका छन् ।

कार्यक्रम म्याक्स टिभीको प्रस्तुतीमा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुन लागेको हो । एनटिभी प्लस र म्याक्स टिभी अन्तर्गत १० भन्दा बढी च्यानलबाट कार्यक्रम प्रशारण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसन पोखरा,काठमाडौँ,धरान, बिर्तामोड, कोहलपुर, सुर्खेत, धनगढी, बुटवल, नारायणघाट, धादिंग, इलाम र बनेपामा हुनेछ ।