रणवीर र आलियालाई ‘फिल्मफेयर अवार्ड’

मुम्बई , एजेन्सी ।

प्रेम सम्बन्धमा रहेर चौतर्फी चर्चा बटुलिरहेका अभिनेता रणवीर कपूर र आलिया भट्टले ‘फिल्मफेयर अवार्ड’ हात पारेका छन् । शनिबार राती मुम्बइमा भव्यका साथ ‘फिल्मफेयर अवार्ड’सम्पन्न भएको हो ।  उक्त अवार्ड’ सबैभन्दा विश्वसनिय अवार्डको रुपमा मानिन्छ । 'फिल्मफेयर अवार्ड २०१९' मा रणवीरले चलचित्र ‘सञ्जु’ मार्फत् उत्कृष्ट अभिनेता र अभिनेत्री आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेका हुन् । उक्त अवार्डले उनीहरुमा साचिकै जितको अभास दिलाउँछ । यस जीतमा रणवीर र आलिया मात्र खुसी छैनन् यि दुवैका परिवार पनि त्यतिकै खुसी भएका छन् ।

अवार्डमा जब आलिया उत्कृष्ट अभिनेत्रीको अवार्ड लिन स्टेजमा गइन् त्यहाँबाट उनले चलचित्र ‘राजी’की निर्देशक मेघना गुल्जारलाई धन्यवाद दिँदै निर्माता करण जोहर र चलचित्रका सह–अभिनेता विक्की कौशललाई पनि धन्यवाद दिइन् ।त्यसपछि उनले त्यो क्षण आफ्ना अगाडि रहेका रणवीर कपूरतर्फ इशारा गर्दै सुम्पिदिइन् । उनले भनिन् 'आजको यो खुशी मेरे प्रेमको नाममा ‘आइ लभ यू’ रणवीर।' जब रणवीरलाई पनि उत्कृष्ट अभिनेताको अवार्ड लिन स्टेजमा बोलाउँदा रणवीरले आलियालाई अंगालो हाल्दै स्टेजमा गएका थिए ।

अवार्ड कार्यक्रममा आयुष्मान खुराना, साराअली खान, जान्वी कपुर, विक्की कौशल, दीपिका पादुकोण, आलिया भट्ट साहरुख खान, रणवीर कपुर, रणवीर सिंह, लगायतका दर्जनौ बलिउडक कलाकारहरुको उपस्थित भएका थिए ।