‘छपाक’ पोष्टरमा दीपिकाको लुक्स

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । मेघना गुलजारको निर्देशनमा बन्न लागेको चलचित्र एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जीवन कथामा आधारित छ । सन् २००५ मा उनलाई एक व्यक्तिले प्रेमप्रस्ताव राखेका थिए । लक्ष्मीले उक्त प्रस्ताव अस्विकार गरेकाले सोहि व्यक्तिले उनी माथी एसिड फ्याकेका थिए । एसिड आक्रामण पछि लक्ष्मीको अनुहार पूरै खराब भयो ।

अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा रहेकी चलचित्रको पोस्टरमा पादुकोणलाई प्रस्तृत गरिएको छ । पोस्टरमा उनी दुरुस्तै लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । दीपिकाको दर्दानक लुक्स प्रस्तृत गरिएको उक्त पोस्टर हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनको लुक्सलाई फ्यानहरुसँगै बलिउडका अन्य सेलिब्रेटीले समेत मनपराएका छन् । यस चलचित्रमा दीपिका मालती नामको पात्रमा देखिनेछिन् । बताइएअनुसार उनले आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउन लागेकी छिन् । १० जनवरी २०२० मा प्रर्दशनमा आउने चलचित्रमा दीपिका अभिनेत्रीसँगै निर्मात्रीको रुपमा पनि रहेकी छिन् । अहिलेदेखिनै दीपिकाको  ‘छपाक’ दर्शकमाझ प्रतिलक्षित बन्न थालिसकेको छ । ‘छपाक’ मा दीपिकासँगै विक्रान्त मेसीको पनि प्रमुख भूमिका रहनेछ ।