४० घन्टा नृत्य गरेर वल्ड रेकर्ड राख्ने तयारीमा दुई दिदि बहिनी

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन बिस्वको तुलनामा नेपाल अलि पछि परेपनि पछिल्लो समयमा भने नेपालले पनि तीव्र गतिमा गिनिज अफ वल्ड रेकर्ड राख्दै आएको&nbsp; छ । अचेल नेपालमा निकै राम्रा काम हरुको सुरुवात भएको छ । केही महिना अघि मात्रै १२६ घण्टा लामो नृत्य गरेर बन्धना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् । हाल फेरी यस्तै युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने तयारि गरेर पत्रकार सम्मेलन भएको छ। काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थायी बसोबास गर्दै आइरहेका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरिहरु दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् । सो अभियानका लागी गोल्डेन आई डान्स सेन्टरको आयोजनामा चैत्र ११ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । सृजना अधिकारीको संचालन रहेको कार्यक्रममा ९० घन्टा २ मिनेट लागातार बोलेर गिनिज बुकमा नाम लेखाउन सफल ब्यक्ती अनन्तराम केसि , समाजसेवी ब्यक्तित्वहरु ,टाइम किपर ब्यवस्थापक हरि चन्द्र लामा लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।</p><p style="text-align: justify; ">उक्त कार्यक्रमको संयोजन सन्तोष लामाले गरेका थिए । उहा मोटिभेसंनल ट्रेनर हुनु हुन्छ भने यो भन्दा पहिले दुइवटा गिनिज अफ वल्ड रेकर्डको कार्यक्रम सफल रुपले सम्पन्न पारिसकेका छन् साथै यो कार्यकर्मको सम्पूर्ण ब्यवस्थापन पनि सन्तोष लामाले नै गर्ने भएका छन् । रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार नृत्य प्रस्तुत गर्ने कार्यक्रम २०७६ जेठ ११ र १२ गते हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । कार्यक्रममा मिडिया संयोजक रुपमा प्रकाश बराईली 'अभिव्यक्ति' र मिडिया सहयोगिको रुपमा बिरेन्द्र ओली रहेका थिए ।</p>