फ्राईडे रिलिज : हलमा ‘शुभ लभ’ र ‘साइँली’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज शुक्रबारबाट दुई नेपाली चलचित्र ‘शुभ लभ’ र ‘साइँली’ प्रदर्शनमा आएका छन् । पछिल्लो केहि महिनायता सातै पिच्छे एकसाथ दुई चलचित्र भन्दा बढी प्रदर्शनमा आइरहेका छन् । यो साता पनि दुई नेपाली चलचित्रसँगै एक भारतीय चलचित्र ‘जंगल’ पनि प्रदर्शनमा आएको छ । सन्तोष बाबु लोहनीको निर्देशनमा तयार भएको ‘शुभ लभ’ प्रेमकथामा आधारीत चलचित्र हो । युवा ज्योतीषी हरिहर अधिकारी र कृष्टिना पौडेलको मुख्य भूमिका रहेको यो चलचित्रको कथा पनि हरिहरले नै लेखेका हुन् ।

रामेश्वर कार्कीले खिचेको चलचित्रमा हरिहर र क्रिष्टिनको अलवा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्कोटा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप कुमार उदय हुन् । नायक हरिहरले चलचित्रमा आफू ज्योतीषीकै भूमिकामा रहेको बताएका छन् । उनले आफू ज्योतीषी भएकाले सोही भूमिका भन्दापनि कथा अनुसार आफू ज्योतिषी बनेको बताए । ‘म आफू ज्योतीषी भएकोले चलचित्रमा पनि ज्योतीषी बनेको होइन, कथामा नै ज्योतीषीको भूमिका छ’ हरिहरले भने । उनले अहिलेसम्म नेपाली चलचित्रक्षेत्रमा नआएको कथा आफ्नो चलचित्रमा देख्न पाउने बताउँछन् । उनले ‘शुभ लभ’ घरमा बसेर कुनै टेलिभिजन तथा युट्युवमा हेर्न मज्जा नआउने बताउँछन् । ‘हलमा बसेर हेर्दाको मज्जा जस्तो घरमा बसेर टेलिभिजन तथा युट्युवमा हेरेर मज्जा आउँदैन त्यसैले हलमै पुग्न दर्शकलाई आग्रह गर्छु’ हरिहरले थपे । यस्तै नवनायिका कृष्टिनले ‘शुभ लभ’ले आफ्नो चलचित्रको भविष्य बताउने बताउँछिन् ।

यस्तै सँगै प्रदर्शनमा आएको चलचित्र ‘साइँली’को गीत तथा ट्रेलरले दर्शकमाझ प्रतिक्षित बनेको छ । निकै लोकप्रिय बनेको गीत ‘साइँली’कै नाम लिएर सोहि गीत निर्माण टिमले यो चलचित्र बनाएको हो । उक्त गीत पनि यो चलचित्रमा समावेश गरिएको छ । मुख्य कलाकार गौरब पहारि, मेनुका प्रधान, दयाहाङ राई यो चलचित्र दर्शकले मन पराउनेमा आशावादी देखिन्छन् । यस्तै बिहीबार साँझ राखिएको प्रिमियर शोबाट राम्रो प्रतिक्रिया आएपछि निर्माण टिम अझ आशावादी देखिन्छ । चलचित्रमा कथा लेखन तथा निर्देशक रामबाबु गुरुङको छ । गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन र शैलेन्द्र डी कार्कीको छायाँकन रहेको  छ । काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको संगीत रहेको चलचित्रलाई विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेका हुन ।