पल शाह अभिनित ‘हृदय भरी’को छायांकन सुरु

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

शुक्रवारबाट अभिनेता पल शाह अभिनित नयाँ चलचित्र ‘हृदय भरी’को औपचारिक रुपमा छायांकन सुरु भएको छ । चलचित्रको छायांकनसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । अर्को वर्षको भदौ २७ मा यस चलचित्र प्रर्दशनमा आउने वितरक गोपालकाजीले जानकारी दिएका छन् । चलचित्रलाई मानकृष्ण महर्जनले छायांकन गर्दैछन् । चलचित्रमा पल एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिका देखिनेछन् । उनले यस चलचित्रकालागि करीब २० लाख पारिश्रमिक बुझेका छन् ।

सुरज सुब्बा 'नाल्बो'को निर्देशन रहने चलचित्रको कथा निर्देशक सुब्बा स्वयंले लेखेका हुन् । गत बर्ष ‘नाल्बो’ निर्देशित चलचित्र ‘रातो घर’ प्रदर्शनमा आएको थियो । ‘हृदय भरी’ पलसँगै सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’ लाई चन्दन शाह र सौरभ बिश्वासले संयूक्त रुपमा निर्माण गर्नेछन् ।भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा क्षेत्रीले यो चलचित्रमार्फत डेब्यु गर्दैछिन् ।

कोलकत्तामा उनले मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् ।चलचित्रमा श्रद्धासँगै अभिनेत्री रेखा लिम्बुको पनि अभिनय रहेको छ । उनले दर्जन बढी म्युजिक भिडियो र केही चलचित्रमा काम गरिसकेकी छन्। निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दै गरेको चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह-निर्माताको रुपमा रहेका छन् । सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, नीर शाह, कविता रेग्मी, मनोज केसीलगायतका कलाकारहरुको पनि अभिनय रहने चलचित्रका प्रस्तुतकर्ता चन्दन शाह हुन् । पल शाह आउँदो जेठ ३ गते चलचित्र ‘वीरविक्रम २’ लिएर दर्शकमाझ आउँदैछन् ।